जोगवनी बोर्डरमा पनि निपा भाइरस संक्रमण रोकथामको लागि दैनिकी स्क्रिनिङ

<span class='c1'>जोगवनी बोर्डरमा पनि निपा भाइरस</span> <span class='c2'>संक्रमण रोकथामको लागि दैनिकी स्क्रिनिङ</span>

प्रेम देवान
विराटनगर । भारतको पश्चिम बंगालमा निपा भाइरस संक्रमण देखिएपछि यता विराटनगर रानी जोगवनी बोर्डरमा पनि स्वास्थ्यकर्मीले दैनिकी स्क्रिनिङलाई निरन्तरता दिएका छन् ।
विशेषगरी भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरुमा निपा भाइरस संक्रमण बढ्न सक्ने भन्दै उच्च सतकर्ता बढाउनको लागि विराटनगर महानगरपालीकाले पनि रानी बोर्डरमा ४ जना स्वास्थ्यकर्मीहरु राखेर दैनिकी स्वास्थ्य स्क्रिनिङ गर्दै आएका छन् ।

रानी हेल्थ डेक्सका ईन्चार्ज पवन पौडेलको नेतृत्वमा भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको थर्मा मिटरले ज्वरो नाप्ने काम भईरहेको छ । निपा भाइरस गम्भीर र खतरनाक मानिने भएकोले समयमै सचेतना कार्य थालिएको विराटनगर महानगरपालीकाका स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादवले जानकारी दिनुभयो ।
भारतबाट आउने यात्रुहरूमा निपा भाइरस संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सतर्कता बढाइएको यादवले बताउनुभयो । यादवका अनुसार, सीमामा “निपा भाइरस गम्भीर प्रकृतिको संक्रमण भएकाले सीमा नाकामा आवश्यक सबै पूर्वसावधानी अपनाइएको छ। शंकास्पद लक्षण देखिएमा तत्काल स्वास्थ्य परीक्षण र आवश्यक व्यवस्थापन गरिनेछ।”भारतको पश्चिम बंगालमा निपा भाइरस संक्रमण देखिए लगत्यै नेपालमा पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निर्देशन दिएसँगै माघ ५ गतेबाट नै दैनिकी भारतबाट आउने यात्रुहरुको स्क्रिनिङ गर्दै आएको रानी हेल्थ डेक्सका ईन्चार्ज पवन पौडेलले जानकारी दिनुभयो ।

निपा भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै भारतबाट आउने सबै यात्रुहरूको नियमित स्वास्थ्य जाँच गरिँदै आएको र हालसम्म कुनै शंकास्पद लक्षण नदेखिएको पौडेलले बताउनुभयो ।
निपा भाईरसको दर उच्च रहेकोले संभावित जोखिम सुरक्षित रहन पूर्वका झापा, मोरङ, सुनसरी र इलामका नाकाहरुमा पनि सावधानी बढाइएको छ ।


निपा भाईरस संक्रमण भएको ५ देखि १४ दिनभित्र लक्षणहरू देखिने जसमा अत्यधिक ज्वरो आउने र टाउको दुख्ने, खोकी लाग्ने र श्वासप्रश्वासमा कठिनाइ हुने, मांसपेशी दुख्ने र निकै थकाइ महसुस हुने गर्दछ । अहिलेसम्म यो भाइरस विरुद्ध कुनै निश्चित खोप वा औषधि नभएकोले सावधानी नै सबैभन्दा ठूलो उपचार हुने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्