विराटनगरको आरोहण गुरुकुलमा भोलीदेखी ‘लौ आयो ताजा खबर’

<span class='c1'>विराटनगरको आरोहण गुरुकुलमा भोलीदेखी</span> <span class='c2'>‘लौ आयो ताजा खबर’</span>

विराटनगर । विराटनगरको सुशीला कोइराला नाटकघर, आरोहण गुरुकुलमा आजदेखी सुरेन्द्र नकर्मीद्वारा लिखित लघु नाटक ‘लौ आयो ताजा खबर’ मञ्चन भएको छ । भोलि माघ २० गतेसम्म २९ गते सम्म नियमित मञ्चन हुने नाटकको मंगलबार औपचारिक मञ्चन गरिएको छ ।
कक्षा ११ को अनिवार्य नेपालीमा समावेश यो नाटकले लागूपदार्थ दुव्र्यसनी र त्यसको असरका बारेमा शसक्त उजागर गरेको छ । कलाकार भरत कार्कीले निर्देशन गरेको नाटकमा अभिभावकले छोराछोरीलाई समय नदिँदा, उनीहरूको साथीसंगत नबुझ्दा आउने दुःखद परिणामलाई दर्साइएको छ ।

नाटकमा हाम्रै समाजमा लागूऔषधका कारण दिनहुँ घटिरहेका घटनाहरूलाई देखाउन खोजिएको निर्देशक कार्कीले बताए । नाटकमा सुदीपजंग कार्की, निशान चौहान राई, राज न्यौपाने, सञ्जय मुडियारी, आश्मा देव राठी, महेश पासवान, अर्पित नेपाल, गौरव खतिवडा र शिवराज भुजेलको अभिनय छ ।
नाटक भोलिदेखि नियमित अपराह्‍न ४ बजेबाट मञ्चन हुने कार्यक्रम संयोजक देवेन्द्र यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्