विश्व क्यान्सर दिवसमा ‘बिराट वाकाथन २०२६’ सम्पन्न

<span class='c1'>विश्व क्यान्सर दिवसमा ‘बिराट</span> <span class='c2'>वाकाथन २०२६’ सम्पन्न</span>

विराटनगर । विश्व क्यान्सर दिवसका अवसरमा आज (बुधबार) विराट मेडिकल कलेज टिचिङ हस्पिटल, विराट क्यान्सर इन्स्टिच्युट तथा विराट नर्सिङ होमको संयुक्त आयोजनामा सचेतनामूलक र्‍याली ‘बिराट वाकाथन २०२६’ सम्पन्न भएको छ।

विराट नर्सिङ होम परिसरबाट सचेतनामूलक नारा लगाउँदै सुरु गरिएको र्‍याली जिल्ला प्रशासन कार्यालय मोरङ हुँदै कोशी अस्पताल, जलजला चौक, शनि मन्दिर र बिजुली अफिस परिक्रमा गरी पुनः विराट नर्सिङ होममै आएर समापन गरिएको थियो।

र्‍यालीमार्फत क्यान्सरको प्रारम्भिक पहिचान, रोकथाम तथा समयमै उपचारको महत्त्वबारे सर्वसाधारणलाई जानकारी गराउँदै जनचेतना फैलाउने उद्देश्य रहेको आयोजक संस्थाहरूले बताएका छन्। कार्यक्रममा स्वास्थ्यकर्मी, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

प्रत्येक वर्ष फेब्रुअरी ४ तारिखमा विश्व क्यान्सर दिवस मनाइन्छ। यस अवसरमा विश्वभर क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा रोकथाम र उपचारका उपायबारे जानकारी दिने कार्यक्रमहरू आयोजना गरिँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्