सिराहा–धनुषा जोड्ने कमला पुल हुँदै कुलमान घिसिङको चुनावी अभियान सुरु

<span class='c1'>सिराहा–धनुषा जोड्ने कमला पुल हुँदै</span> <span class='c2'>कुलमान घिसिङको चुनावी अभियान सुरु</span>

सिराहा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ बिहीबारबाट सिराहा र धनुषा जोड्ने कमला पुल हुँदै चुनावी अभियानमा निस्किएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयका निर्वतमान मन्त्री समेत रहेका घिसिङले नदी क्षेत्रमा ह्युम पाइप राखी अस्थायी आवत–जावतको व्यवस्था गरिएको स्थलबाट कमला नदी पार गरी सिराहातर्फ लागेका हुन् । पार्टीका नेता, कार्यकर्ता र स्थानीयले उनलाई कमला पुलमा स्वागत गरेका थिए । तराई–मधेशको जीवनरेखा मानिने हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषा सीमामा पर्ने कमला नदीमा अस्थायी डाइभर्सन निर्माण भएसँगै वर्षौँदेखिको नागरिक समस्या अन्त्यतर्फ उन्मुख भएको छ । १४ वर्षसम्म पुल नबन्दा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए भने सवारीसाधनले लामो वैकल्पिक रुट प्रयोग गर्दै आएका थिए । भौतिक मन्त्री रहेका बेला गत मंसिर ५ गते घिसिङले कमला पुलको स्थलगत निरीक्षण गरेका थिए ।

पुल नबन्दा सिर्जना भएको पीडा र जोखिम प्रत्यक्ष देखेपछि उनले समस्या समाधानका लागि नदी क्षेत्रमा ह्युम पाइप राखी अस्थायी आवत–जावतको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिई अस्थायी डाइभर्सन निर्माणको प्रक्रिया अगाडी बढाएका थिए । घिसिङले अस्थायी व्यवस्था भएपनि कमला नदी पार गर्न सकिँदा खुसी व्यक्त गरेका छन् । साथै, निर्माणाधीन १४ वर्षदेखि अलपत्र रहेको ४६९ मिटर लम्बाइको कमला पुलको भइरहेको बाँकी कामको पनि अवलोकन गरेका थिए । भ्रमणको क्रममा उनले धनुषा, सिराहा र सप्तरी जिल्लाका पार्टी उम्मेदवार, कार्यकर्ता र मतदातासँग भेटघाटको कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्