सिंहदरबार जलाएको घोषणा गर्ने व्यक्ति पक्राउ

<span class='c1'>सिंहदरबार जलाएको घोषणा</span> <span class='c2'>गर्ने व्यक्ति पक्राउ</span>

विराटनगर । सिंहदरबार आगजनी गरेको आष्फैं घोषणा गर्दै अपद्रव मच्चाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा आगजनी गरेर फर्किएको भन्दै अन्तर्वार्ता दिएका ती व्यक्तिलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा चितवन खैरहनी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–२९ अनामनगरका ३६ वर्षीय महेन्द्र गौतम हुन्।

सिंहदरबारको गेट तोडेर भित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई सकेको भन्दै उनले त्यसबेला घोषणा गरेका थिए ।  उनीमाथि आपराधिक उपद्रव कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्