जहदाका २७ वर्षीय सुजित साह : मोरङ जेनजीको नेतृत्व गरे, स्वतन्त्रबाट उम्मेदवारी बने

<span class='c1'>जहदाका २७ वर्षीय सुजित साह : मोरङ</span> <span class='c2'>जेनजीको नेतृत्व गरे, स्वतन्त्रबाट उम्मेदवारी बने</span>

विराटनगर । गत भदौ २३ गते राज्यसँग सुशासन र पारदर्शिताका मुद्दा उठाएर जेनजी पुस्ताका युवाहरु सडकमा आए । उनीहरुको माग सम्बोधन गर्नुपर्ने काँग्रेस–एमाले नेतृत्व सरकारले युवाहरुमाथि गोली दगायो । प्रतिरोधमा सरकारले प्रतिशोष साँधेपछि २४ भदौमा देशभरका सरकारी तथा निजी सम्पतीमा आगजनी र आक्रमण भयो । सिर्जनशील हुने भनिएको आन्दोलन ध्वंसात्मक बन्यो । जसको जसअपसज अहिलेसम्म कसको भन्ने यकिन भइसकेको छैन ।

यो आन्दोलनको अग्रपंतिमा देखिएका मोरङको जहदा नगरपालिका–४ का सुजित कुमार साह । उनी आन्दोलनपछि मोरङ जेनजीको नेतृत्वकर्ता बनेका थिए । साहले आफ्नो नेतृत्वमा रहेको टिमलाई आन्दोलन शान्तिपूर्ण बनाउनुपर्ने भनिरहेका थिए । उनी सरकारी संरचनाको माया गर्नुपर्ने, त्यसले भोलिका दिनमा पनि सेवा प्रवाहमा सहज बनाउने बताउँदै भीडलाई सन्तुलन बनाउन देखिन्थे । तर, उनको आवाज मन्द भएको भीड आफ्नो काम सिध्याउनु मात्रै हो भन्ने बुझेर बढीरह्यो । त्यसपछि अन्तरिम सरकार बन्यो । जेनजी आन्दोलनको तम्तयार गर्नेमध्येका एक सुधन गुरुङ समूहले केन्द्र, प्रदेश हुँदै जिल्लास्तरमा जेनजी समूह गठन गरेको थियो । त्यहि समूह अन्तर्गत मोरङ जेनजीको नेतृत्वमा सुजित थिए ।

जेनजी आन्दोलनपछि गठन भएको मोरङ जेनजीको माथिल्लो निकायसँग त अहिले साहको सम्पर्क छैन । तर, आन्दोलन जे कुराका लागि भएको थियो, त्यसको मर्म अनुसार उनी आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन् । संयोग कस्तो छ भने, जेनजी आन्दोलनपछि गठन भएको सरकारका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुन पनि स्वतन्त्र उम्मेदवार बनेर म्यादीबाट निर्वाचन लड्दैछन् । उनको चुनाव चिन्ह त्रिभुज छ अनि सुजितको पनि चुनाव चिन्ह त्रिभुज नै रहेको छ । साह सानै उमेरदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका व्यक्ति हुन् ।

साहले गाउँकै सार्वजनिक माध्यमिक विद्यालयबाट कक्षा १० उत्तीर्ण गरेका हुन्। पढाइमा अब्बल रहँदै उनले जहदास्थित शैलजा आचार्य पोलिटेक्निकबाट कृषि विज्ञान अध्ययन गरे, त्यसपछि विराटनगरबाट विद्युत् इन्जिनियरिङको अध्ययन पूरा गरेका छन्। हाल उनी बीएससी तहमा अध्ययनरत छन्।
सानैदेखि सामाजिक समस्या नजिकबाट देखेका साह विगतदेखि नै परम्परागत नेपाली राजनीतिप्रति असन्तुष्ट रहँदै आएका छन्। देशमा बढ्दो भ्रष्टाचार, कुशासन, बेरोजगारी, गरिबी तथा शिक्षा र स्वास्थ्य क्षेत्र कमजोर हुँदै गएको अवस्थामा अब युवाहरू स्वयं अगाडि आउनुपर्ने आवश्यकता महसुस गर्दै उनले उम्मेदवारी दिएको बताए।

साह विगतदेखि नै अन्यायमा परेका पीडितहरूको पक्षमा आवाज उठाउँदै आएका छन्। कोभिड–१९ महामारीको समयमा समेत उनले समाजसेवीको रूपमा उल्लेखनीय भूमिका निर्वाह गरे। आफ्नै ज्यानको प्रवाह नगरी स्वास्थ्यकर्मी सरह फिल्डमा खटिँदै उनले समाजसेवामा सक्रिय सहभागिता जनाएका थिए।
२० वर्षको उमेरमै सामाजिक मुद्दामा तर्कसहित बोल्ने साहलाई कतिपयले समर्थन गरे पनि धेरैले बेवास्ता गर्ने गरेको उनको अनुभव छ। तर उनले अन्यायविरुद्ध आवाज उठाउन कहिल्यै छोडेनन्। जेन–जी आन्दोलनपछि युवालाई समाजले प्राथमिकतामा राख्न थालेको र आफू पनि सो आन्दोलनमा अग्रपंक्तिमा रहेर मोरङका केही समूहको नेतृत्व गरेको साहले बताए।
देशमा बढ्दो भ्रष्टाचार, बेरोजगारी र आफन्तवादविरुद्धको आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएका साहले यस पटक स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन आयोगले उनलाई त्रिभुज चुनाव चिह्न प्रदान गरेको छ।

उम्मेदवारीबारे मतदातालाई सन्देश दिँदै साह भन्छन्,
“मेरो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाका लागि होइन, राजनीतिक जिम्मेवारीका लागि हो। वर्षौंदेखि दोहोरिँदै आएका समस्या समाधान नहुनुको कारण समस्या भोग्ने मानिसहरू निर्णय गर्ने ठाउँमा नपुग्नु हो।”

राजनीतिलाई फोहोरी भन्दै टाढा भाग्ने प्रवृत्तिले समस्या झन् बढेको बताउँदै उनले भने, “राम्रो मानिसहरू राजनीतिबाट भागेपछि खाली ठाउँ स्वार्थीहरूले भर्छन्। त्यसैले आलोचना मात्रै होइन, जिम्मेवारी लिन भित्र जानुपर्छ।”

पुरानै शैलीबाट परिवर्तन सम्भव नभएको जिकिर गर्दै साहले नयाँ सोच, जवाफदेह नेतृत्व र युवाको सहभागिताले मात्र देश परिवर्तन सम्भव हुने बताए। “म सांसद बन्न होइन, नागरिकको आवाज निर्णय हुने ठाउँसम्म पुर्‍याउन चाहन्छु। संसद भवन मेरो लक्ष्य होइन, जनताको समस्या समाधान मेरो लक्ष्य हो,” उनले भने।

साहका अनुसार उनको उम्मेदवारी चाहना होइन, आवश्यकता हो , नागरिकले आफ्नो अधिकार फिर्ता लिने यात्राको एक हिस्सा। साह मोरङ(५ बाट त्रिभुुर्ज चुुनाव चिन्ह लिएर जनतामाझ मत मागन पुुगी रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्