कटहरीमा काँग्रेस नेताको राँइदाँई–बिचौलिया प्रयोग गरेर एउटा परिवारको उठाइयो घरबास

<span class='c1'>कटहरीमा काँग्रेस नेताको राँइदाँई–बिचौलिया प्रयोग</span> <span class='c2'>गरेर एउटा परिवारको उठाइयो घरबास</span>

विराटनगर । पहुँचमा हुँदा झुक्यानमा पारेर अर्काको जग्गा हडप्पेका कटहरी गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेस कटहरीका सभापति रामकुमार कामतले एउटा परिवारलाई सुकुम्वासीमा परिणत गरिदिएका छन् । उनी विरुद्ध पीडितले जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजको उजुरी दिएपनि एमाले–काँग्रेसको सरकारको बलमा त्यसलाई रोकिएको थियो ।
खासगरी नेपाली काँग्रेसका नेता भक्ति माझी र युवा नेता कृष्ण कार्कीको बलमा ऋण लगानीमा रजिष्ट्रेसन पास गराएको जग्गा कब्जा गरेको पीडितको आरोप छ । कामत कांग्रेस कटहरी गाउँपालिका समितिका सभापति छन् । उनी २०७४ सालमा निर्वाचित पालिका अध्यक्ष हुन् ।

यस अगाडी मोरङमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव हुँदा उनी विरुद्ध पीडित कटहरी गाउँपालिका–२ की रामवती राजबंशीले मिटरब्याजको उजुरी दिएकी थिइन् । दुई पक्षलाई बोलाएर पटक–पटक जिल्ला प्रशासनमा छलफल गराउँदा कामत कम बोल्ने तर काँग्रेस नेताद्वय कार्की र माझी भने बारम्बार दवाव दिने गरेपछि सहमति जुट्न सकेको थिएन ।
पीडितको अहिले सडक बास भएको छ । शुक्रबार उनीहरुले पत्रकार सम्मेलनको आयोजना गरेर दिएका जानकारी अनुसार ८ लाख रुपैयाँ ऋण लिँदा आफ्नो २ करोडको जग्गा हडपिएको हो ।
कटहरी गाउँपालिका–२ की ५५ वर्षीय रामवती राजवंशीलाई २०७१ सालमा ८ लाख रुपैयाँ आवश्यक परेको थियो । उनले पत्रकार सम्मेलनमा जनाए अनुसार आफ्नो ५ कठ्ठा जग्गा डम्बरकुमारी दाहालको नाममा रजिष्ट्रेसन पास गरेर ५ लाख र ३ कठ्ठा जग्गा लिलावती यादवको नाममा पास गरेर ३ लाख रुपैयाँ लिइन् । उनले दुवैको सावाँ र ब्याज तिरिन् । तर जग्गा आफ्नो नाममा भने पाइनन् ।
लिलावतीले रामवतीको जग्गा सन्तोषकुमार मण्डलको नाम हुँदै कटहरी गाउँपालिकाका पूर्वअध्यक्ष रामकुमार कामतको नाममा पास गरिदिएको खुल्यो । डम्बरकुमारी दाहालको नाममा पास गरेको जग्गा पनि कामतकै नाममा पास भएको देखियो । पछाडीबाट रोल खेलेर कामतले यी दुई बिचौलिया खडा गरिकन राजबंशी परिवारलाई बिचल्ली बनाएको खुलेको हो ।

आफ्नो जग्गा कामतको नाममा पुगेपछि फिर्ता माग्न जाँदा कामतले फिर्ता दिएनन् । करिब २ करोड मूल्य पर्ने सो जग्गा आफ्नो नाममा आएपछि उनले रामवतीको परिवारलाई फिर्ता नदिने भन्दै हप्कीदप्की गर्दै पहुँच प्रयोग गरेका हुन् । अहिले पीडितले न्याय मागिरहेका छन् । बारम्बार न्याय माग्यौं तर अहिले काँग्रेस–एमालेको दादागिरी देशमा छैन, यहिबेला हामीजस्ता पीडितले न्याय पाउनुपर्छ भन्ने माग हो, उनले भनिन् ।

१० वर्षसम्म जग्गा फिर्ता नपाएपछि पीडित परिवार २०८१ जेठमा प्रहरी कार्यालय मोरङ हुँदै जिल्ला प्रशासन कार्यालयमा सहाराका लागि उनीहरु पुगेका थिए । जिल्लामा छलफल भए पनि टुंगो लाग्न सकेन । प्रशासनमा समेत त्यसबेला दवाव सिर्जना गरिएको थियो । त्यसका लागि कार्की र माझीले अग्रसरता लिएका हुन् । दबाबका बीच गत वैशाखमा भएको छलफलमा कामतले जग्गा नलिएको दाबी गरेका थिए । कामतले डम्बरकुमारी दाहाल र सन्तोष मण्डलको नामबाट जग्गा आफ्नो नाममा लगेका छन् । तर, ती दुवै पात्र अगाडी सारेर आफ्नो जग्गा हडप्पेको आरोप पीडितको छ । पीडित राजवंशीका छोरा इन्द्रकुमार राजवंशीले साह्रै दुःख दिएको र अहिले सुकुम्बासी जीवन बिताउन बाध्य बनाएको पीडा पोखेका छन् ।

पीडित रामवती राजवंशीले ८ कठ्ठा जग्गा राखेर ८ लाख लिदाँ दशवर्ष अगाडी प्रतिकठ्ठा ८ लाख रुपिँया जग्गाको मूल्यांकन रहेको थियो । अहिले त्यहाँको मूल्य २५ लाख प्रतिकठ्ठा रहेको छ । तत्कालिन मूल्यमा समेत ६४ लाखको जग्गा ८ लाखमा हडप्पेको र अहिलेको मूल्य दुई करोड पुगेको छ । २०७४ को निर्वाचनअघि कामतले जग्गा फिर्ता दिने बताएका थिए । तर चुनाव जितेपछि उनले फिर्ता दिएनन् । कतै उजुरी गर्न पनि दिएनन् ।

कामतले सर्वसाधारणको जग्गा हडप्पे पनि अर्का वडाअध्यक्षको जग्गा भने फिर्ता दिएका छन् । कटहरी गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका मिटरब्याज आरोपी रामकुमारबाट ठगिएको भन्दै कटहरी गाउँपालिका–३ का वडाध्यक्ष जदुलाल कामतले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका थिए । उनलाई भने जग्गा फिर्ता दिने भनेर उनले सहमति जनाएका छन् । कारण, जदुलाल पनि काँग्रेस र रामकुमार पनि काँग्रेस हुन् । काँग्रेस–काँग्रेस मिलाएर अरु सर्वसाधारणको जग्गा हडप्न भने जिल्लाका ठूला काँग्रेसहरु सक्रिय रहेको देखिएको छ ।

जदुलालले जग्गा खरिदका लागि रामकुमारसँग २१ लाख रुपैयाँ २०७४ सालमा ऋण लिएका थिए । सो ऋणको सावाँब्याज गरी उनले साढे ३५ लाख रुपैयाँ बुझाइसक्दा समेत फिर्ता गरेका थिएनन् ।
यस विषयमा कामतसँग बुझ्न खोज्दा उनले आफू कुरा गर्ननसक्ने स्थितिमा रहेको सुनाए । उनले पीडितले पत्रकार सम्मेलन गर्ने कुरा थाहा पाएपछि त्यसलाई कमजोर बनाउन समेत खोजखबर गरेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्