सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनी सुरु

<span class='c1'>सुदूरपश्चिम प्रादेशिक ललितकला</span> <span class='c2'>प्रदर्शनी सुरु</span>

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना, थारु कल्याणकारी सभा जिल्ला कार्यसमिति कञ्चनपुर र कैलाली बहुमुखी क्याम्पसको सहकार्यमा ‘सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु भएको छ ।

बिहीबार माघ २२ गतेबाट सामाजिक रूपान्तरण : ललितकलाको अभियान भन्ने मूलभावमा रही उक्त प्रदर्शनी सुरु भएको हो । नेपाल पर्यटन बोर्ड कला प्रवर्धक रहेको प्रदर्शनी माघ २६ गतेसम्म चल्नेछ । प्रदर्शनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र कैलाली बहुमुखी क्याम्पसका प्रमुख लोकबहादुर विष्टले उद्घाटन गरेका थिए ।

प्रदर्शनीमा सुदूरपश्चिम प्रदेशका समसामयिक चित्रकला, समसामयिक मूर्तिकला, परम्परागत मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला तथा लोककला, परम्परागत चित्रकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विधाका कलाकृतिहरु राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्