मोरङमा ७ लाख ८३ हजार मतदाता

<span class='c1'>मोरङमा ७ लाख</span> <span class='c2'>८३ हजार मतदाता</span>

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ जिल्लामा कुल मतदाता सङ्ख्या ७ लाख ८३ हजार ५० पुगेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङमा ७ लाख ३५ हजार ५ सय ३५ मतदाता रहेका थिए । यससँग तुलना गर्दा पछिल्लो अवधिमा जिल्लामा ४७ हजार ५२५ मतदाता थपिएका हुन् ।

लैङ्गिक आधारमा हेर्दा मोरङमा पुरुष मतदाता सङ्ख्या ३ लाख ९९ हजार ६ सय ८६ पुगेको छ भने महिला मतदाता ३ लाख ८३ हजार ३ सय ५७ छन् । यसैगरी प्रतिनिधिसभा तर्फ कुल ६ निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्रगत रूपमा ३ नम्बरमा सबैभन्दा धेरै मतदाता रहेका छन् । यस क्षेत्रमा १ लाख ५८ हजार ५७ मतदाता छन् । त्यसपछि क्षेत्र नम्बर ६ मा १ लाख ३७ हजार ८३२ मतदाता रहेका छन् ।

निर्वाचन क्षेत्र नं १ मा १ लाख २८ हजार ५ सय ४५ जना मतदाता रहेका छन्। यसमध्ये ६५ हजार ५३ महिला र ६३ हजार ४ सय ९२ जना पुरुष रहेका छन्। त्यस्तै, निर्वाचन क्षेत्र नं २ मा १ लाख २९ हजार १ सय ८४ जना मतदाता दर्ता छन्, जसमा ६१ हजार ५ सय ९० महिला र ६७ हजार ५ सय ९३ जना पुरुष रहेका छन्।

निर्वाचन क्षेत्र नं ३ मा १ लाख ५८ हजार ५७ जना मतदाता रहेका छन्। तीमध्ये ८० हजार ८ सय ८३ जना महिला र ७७ हजार १ सय ७० जना पुरुष छन्। क्षेत्र नं ४ मा १ लाख १९ हजार २ सय ५५ जना मतदाता रहेका छन्, जसमा ५८ हजार ६२ जना महिला र ६१ हजार १ सय ९२ जना पुरुष छन्।
निर्वाचन क्षेत्र नं ५ मा १ लाख १० हजार १ सय ७७ जना मतदाता रहेका छन्। यस क्षेत्रमा ५० हजार ५ सय ५५ जना महिला र ५९ हजार ६ सय २२ जना पुरुष दर्ता छन्। त्यस्तै, निर्वाचन क्षेत्र नं ६ मा १ लाख ३७ हजार ८ सय ३२ जना मतदाता रहेका छन्, जसमा ६७ हजार २ सय १४ जना महिला र ७० हजार ६ सय १७ जना पुरुष रहेका छन्। अन्य समूहमा ७ जना मतदाता रहेका छन्।

यस निर्वाचनका लागि मोरङ जिल्लामा कुल ३०६ वटा मतदान स्थल तोकिएका छन्। निर्वाचन क्षेत्र नं १ मा ६०, क्षेत्र नं २ मा ६८, क्षेत्र नं ३ मा ५५, क्षेत्र नं ४ मा ४०, क्षेत्र नं ५ मा ४४ र क्षेत्र नं ६ मा ३९ वटा मतदान स्थल रहेका छन्। निर्वाचन आयोगले सबै मतदातालाई तोकिएको मतदान स्थलमा पुगेर मतदान गर्न आग्रह गरेको छ। चुनाव आउदै गरेको फागुन २१ गते निर्वाचन हुदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्