आजको मौसम : उच्च पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना

<span class='c1'>आजको मौसम : उच्च पहाडी र हिमाली</span> <span class='c2'>भागमा हल्का वर्षा र हिमपातको सम्भावना</span>

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । जसका कारण हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो भने तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । देशका उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । साथै, तराई भूभागमा मुख्यतया सफा रहने छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

यस्तै, आज राति तराई भूभागका केही स्थानमा तुँवालो लाग्ने छ भने देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने महाशाखाको भनाई छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेके महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्