उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो : कुलमान घिसिङ

<span class='c1'>उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ</span> <span class='c2'>पार्टी हो : कुलमान घिसिङ</span>

काठमाडौं । उज्यालो नेपाल पार्टी(उनेपा)का अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलन पछि विकल्पको रुपमा आएको सबैभन्दा नयाँ पार्टी भनेको उनेपा भएको बताएका छन् ।
सोमबार उनेपाबाट काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवारको घोषणा पत्र सार्वजनिक कार्यक्रममा उनले जनताले विश्वास गरेको, माया गरेको पार्टी भनेको उज्यालो नेपाल पार्टी भएको भन्दै उनेपालाई नेपालको नयाँ विकल्पको रुपमा स्थापित गर्ने बताए ।

उनले भने, ‘जनताले विश्वास गरेको, माया गरेको पार्टी भनेको उज्यालो नेपाल पार्टी हो र जेनजी आन्दोलनपछि सबैभन्दा नयाँ पार्टी भनेको पनि हाम्रो पार्टी हो । पहिलो नयाँ पार्टी विकल्पको रुपमा स्थापना भएको पार्टी पनि यही हो । यो पार्टीले जेनजीको मागलाई पनि लिन्छ र नेपालको नयाँ विकल्पको रुपमा स्थापित हुन्छ ।’यस्तै, उनले उज्यालो नेपाल पार्टी एउटा देशभित्र सम्पूर्ण नेपाली जनताले बुझ्न चाहेको र आबद्ध हुन चाहेको पार्टी भन्दै सबै नेपाली जनताले यो पार्टीलाई विश्वास गरेको बताए ।

कुनै स्वार्थबिना जेनजी आन्दोलनको माग, नेपाली जनताको भावना र देशको माग अनुसार भएको राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमती भएको पनि उनको भनाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्