बालेनले सप्तरीदेखि सिराहा, धनुषा हुँदै महोत्तरीसम्मको यात्रा गर्ने

<span class='c1'>बालेनले सप्तरीदेखि सिराहा, धनुषा</span> <span class='c2'>हुँदै महोत्तरीसम्मको यात्रा गर्ने</span>

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आज(मंगलबार) मधेश प्रदेश केन्द्रित दौडाहामा निस्किएका छन् ।

मधेशका जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु भएको यो यात्राअन्तर्गत बालेनले आज सप्तरीबाट यात्रा सुरु गर्दै सिराहा, धनुषा हुँदै महोत्तरीसम्म पुग्ने कार्यक्रम रहेको छ । यात्राका क्रममा उनले स्थानीय जनता, युवा, बुद्धिजीवी तथा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै मधेशका समस्या, विकासका सम्भावना र सुशासनका विषयमा छलफल गर्ने जनाइएको छ ।

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार र जनअपेक्षा बुझ्ने लक्ष्यसहित आयोजना गरिएको यो यात्रालाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ ।
बालेन शाहको मधेश यात्राप्रति स्थानीयस्तरमा उल्लेख्य चासो र उत्साह देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्