उद्योग संगठन ५८ औं वर्षमा : विराटनगरमा सिआईएम एक्स्पीरीयन्स जोन र विराटबजार प्लेटफम शुभारम्भ

<span class='c1'>उद्योग संगठन ५८ औं वर्षमा : विराटनगरमा</span> <span class='c2'>सिआईएम एक्स्पीरीयन्स जोन र विराटबजार प्लेटफम शुभारम्भ</span>

विराटनगर । उत्पादनमूलक उद्योग तथा व्यवसायको हकहित संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ वि.सं. २०२४ सालमा स्थापना भएको उद्योग संगठन मोरङ ५८ वर्षमा प्रवेश गरेको छ । आफनो ५८ औ स्थापना दिवसको अवसरमा संगठनले सञ्चालन गर्दै आएका कार्यक्रम तथा पहलहरूलाई शोकेस गरेको थियो । कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले ५८ वर्षे यात्रालाई संघर्ष, समर्पण र निरन्तर प्रयासले भरिएको यात्रा भएको वताउदै बदलिदो समय र चुनौतीपूर्ण परिस्थितिमा पनि संगठनले संस्थागत पहिचान र विश्वासलाई सुदृढ बनाउदै अघि बढिरहेको उल्लेख गरे ।

उनले निजी क्षेत्रका संघ÷संस्थाले भावि पुस्तामा उद्यमशील सोच विकास गर्नु पनि दायित्व भएको उल्लेख गर्दै सोही दर्शन अनुसार संगठनले आफनो गतिविधि अघि बढाइरहेको स्पष्ट पारे । उनले स्वदेशमै अवसरहरू उपलब्ध भएको तथ्यलाई व्यवहारमा देखाउदै, यही काम गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नु आजको आवश्यकता भएको उल्लेख गरे । संगठनले फाउन्डेसन तहदेखि काम सुरु गरी समग्र उद्यमशीलताको इकोसिस्टम विकासमा आफूलाई केन्द्रित गरी औद्योगिक विकास सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका उनले विचार राखे ।

कार्यक्रममा उद्योग संगठन मोरङका पूर्व अध्यक्ष तथा संरक्षण एवं सल्लाहकार समितिका संयोजक किशोर प्रधानले संगठनको विगत यात्रालाई स्मरण गर्दै पूर्व नेतृत्वले दिनरात नभनी पु¥याएको योगदानकै कारण संगठन वर्तमान समयमा निजी क्षेत्रको एक सशक्त र विश्वसनीय संस्थाको रूपमा स्थापित हुन सफल भएको बताउदै विगतको अनुभवले भावी पुस्तालाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे ।
५८औं स्थापना दिवसको अवसरमा संगठनका पूर्व अध्यक्ष नन्दकिशोर राठीले सिआईएम एक्स्पीरीयन्स जोन उद्घाटन गर्नुभयो । उक्त जोनमा यस क्षेत्रका औद्योगिक प्रतिष्ठानहरूको उत्पादन शोकेस, भर्चुअल रियालिटी मार्फत उद्योग अवलोकन तथा क्रेता÷विक्रेता बीच प्रत्यक्ष भेटघाट गर्न सकिने सुविधासहितको आधुनिक प्रदर्शनी कक्ष स्थापना गरेको संगठनले जनाएको छ ।

त्यसैगरी संगठनले व्यवसाय÷व्यवसायबीचको सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ भर्चुअल बि२बि प्लेटफर्म विराटबजार डटकमको संगठनका पूर्व अध्यक्ष दिनेश गोल्छाले औपचारिक शुभारम्भ गर्नुभयो । उक्त प्लेटफर्म मार्फत स्वदेशी उद्योग तथा व्यवसायलाई डिजिटल माध्यमबाट जोड्दै बजार विस्तारमा सहयोग पुग्ने विश्वास संगठनले लिएको छ ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्योग संगठन मोरङले स्थानीय आर्थिक तथा औद्योगिक इकोसिस्टम विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उद्योग, व्यवसाय र उद्यमशीलता प्रवद्र्धनका क्षेत्रमा संगठनले थालेका नवीन अभ्यासहरू अन्य संस्थाका लागि पनि अनुकरणीय रहेको बताए ।

विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोईरालाले कुनै पनि संस्थाले आफनो स्थापनाको ५८ औ दिवस मनाउनु आफैंमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै विराटनगरको औद्योगिक विकासमा उद्योग संगठन मोरङले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले उद्योग÷व्यवसाय क्षेत्रको विकास, प्रवद्र्धनका साथै सार्वजनिक निजी साझेदारी मार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महानगरपालिका संगठनसंग सदैव सहकार्यका लागि तयार रहेको समेत स्पष्ट पारे ।
उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले निजी क्षेत्रले तथ्य र तथ्यांकमा आधारित नीति बहस र पैरवीमार्फत राष्ट्रिय आर्थिक मुद्दाहरूलाई राष्ट्रिय एजेन्डाका रूपमा स्थापित गर्न सफल भएको उल्लेख गर्दै संगठनलाई प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरूले यसको कार्यदिशा सही रहेको प्रमाणित गरेको धारणा व्यक्त गरे ।

स्थापना दिवसको अवसरमा उद्यमशीलता विकासलाई प्रोत्साहन गर्न संगठनले सञ्चालन गर्दै आएको बिजनेस एट स्कुल, जबब्रिज पोर्टल, सीप विकास ईकाई, इन्डष्ट्रिज एकेडेमिया लिंकेज कार्यक्रम, बिजनेश क्लिनिक, स्टार्टअप कार्यक्रमका साथै उद्यमशील सोच विकास, दक्ष जनशक्ति उत्पादन र रोजगार प्रवद्र्धनका क्ष्ँेत्रमा संगठनले गर्दै आएको क्रियाकलापका डेस्कहरु राखीएको थियो ।
कार्यक्रमा संगठनका पूर्व अध्यक्ष्ँहरु, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, महिला तथा युवा उद्यमीहरु, उद्योगी व्यवसायीहरु, विभिन्न संघ संस्थाका अध्यक्ष्ँ प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्