राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दैँ

<span class='c1'>राष्ट्रिय सभा अन्तरगत आज</span> <span class='c2'>दुई समितिको बैठक बस्दैँ</span>

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ ।
बिहिबार विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति गरेर दुई समितिको बैठक बस्न लागिएको हो ।

आज विधायन व्यवस्थापन समितिको बैठक ऐन कार्यान्वयन मापनको मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १ बजे बस्ने तय भएको छ ।
साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको दुई वर्षे कामकारबाहीको समीक्षा सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्