चीनमा लगानी र उपहारका लागि चाँदीका सामानको माग बढ्यो

<span class='c1'>चीनमा लगानी र उपहारका लागि</span> <span class='c2'>चाँदीका सामानको माग बढ्यो</span>

काठमाडौं । विश्वव्यापी रुपमा चाँदीको मूल्य बढीरहेकाबेला चीनमा चाँदीको माग एकाएक बढेको छ । आगामी वसन्त ऋतुमा चीनियाँहरुले मनाउने स्थानिय पर्वको तयारी र आफन्तलाई उपहार दिनका लागि चाँदीका सामान किन्नेहरु बढेका हुन् ।

महंगीएको मूल्य र निर्माण क्षेत्रमा उच्च मागका कारण यतिबेला विश्व बजारमै चाँदीको आपूर्ति सिमित भएको छ । दक्षिण चीनको शेनझेनस्थित प्रसिद्ध सुन र गहनाको बजार शुईबेइमा रहेको एक पसलका व्यवस्थापकका अनुसार, ठूलो तौलका चाँदीका बारसँगै साना तौलका वस्तुहरू पनि लोकप्रिय छन् । जङ तिङ, शुईबेइ बजार, चाँदी गहना पसलका व्यवस्थापकले भने, “सानो तौलको वस्तुहरू बढी बिक्री हुन्छन् किनभने ठूलो तौल, जस्तै १ किलोको बार, करिब ३,००० अमेरिकी डलर पर्न सक्छ । केही मानिस सानो तौलबाट सुरु गर्न चाहन्छन् । ५० ग्राम, १०० ग्राम वा २०० ग्रामका वस्तुहरू अहिले निकै लोकप्रिय छन् । नयाँ स्टक आउँदा छिट्टै सकिन्छ ।”

यस्तै, आइ जियावेई, शुईबेइ बजारका गहना पसल शोरूम व्यवस्थापकले भने, “हामीले करिब ५,००० वटा चाँदीका नोट प्राप्त गर्यौं, र ती सबै लगभग एक घण्टाभित्र बिक्री भइसकेका थिए ।” गत वर्ष चाँदीको विश्वव्यापी मूल्य दुई गुणाभन्दा बढी बढेको थियो र केवल जनवरी महिनामै ५० प्रतिशतभन्दा बढी वृद्धि भइसकेको छ । विशेषज्ञहरूका अनुसार यसको मुख्य कारण कमजोर अमेरिकी डलर र विश्वव्यापी राजनीतिक अस्थिरता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्