आईसीटीपि सम्मेलन २०२६ः फोटोनिक्स र डिजिटल नवप्रवर्तनमा नेपाल–कोरिया सहकार्य बलियो

<span class='c1'>आईसीटीपि सम्मेलन २०२६ः फोटोनिक्स र</span> <span class='c2'>डिजिटल नवप्रवर्तनमा नेपाल–कोरिया सहकार्य बलियो</span>

काठमाडौं । इन्टरनेशनल सेन्टर फर थिवरोटिकल फिजिक्स (आईसीटीपि) र फोटोनिक्स सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन २०२६ को आयोजना भएको छ । सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू, अनुसन्धानकर्ताहरू, नवप्रवर्तकहरू र नीति निर्माताहरूलाई उदीयमान प्रविधिहरूमा प्रगतिहरूको अन्वेषण गर्न एउटै मञ्चमा ल्याएको छ ।

सम्मेलनको उद्देश्य नेपालमा सहकार्य, नवप्रवर्तन र दिगो प्रविधि अपनाउने हो भने त्यसमा मुख्य सत्रहरू, २४ भन्दा बढि विशेष विषयवस्तुहरू र उद्योग प्रदर्शनहरू सहित, आईसीटीपि २०२६ ले मिडियालाई अत्याधुनिक अनुसन्धान, प्राविधिक सफलताहरू, र विश्वव्यापी नवप्रवर्तनमा नेपालको बढ्दो भूमिकालाई कभर गर्ने विशेष अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । सोही क्रममा सम्मेलनमा प्रमुख अतिथिको रुपमा आएका नेपालका लागि दक्षिण कोरियाका राजदूत ताय–योङ पार्कले यो सम्मेलन साँच्चै नेपालको वैज्ञानिक तथा शैक्षिक समुदायका लागि गर्व र ऐतिहासिक क्षण भन्दै यो सहकार्यले विज्ञान, प्रविधि, अनुसन्धान र डिजिटल नवप्रवर्तनमा नेपाल र कोरिया बीचको बलियो र बढ्दो साझेदारीलाई प्रतिबिम्बित गरेको बताएका छन् ।

उनले भने, ‘यो सम्मेलन साँच्चै नेपालको वैज्ञानिक तथा शैक्षिक समुदायका लागि गर्व र ऐतिहासिक क्षण हो । यो महत्त्वपूर्ण सम्मेलन कोरिया गणतन्त्रको विज्ञान तथा सूचना प्रविधि मन्त्रीको सहयोगमा ग्राजुएट स्कूल अफ ग्लोबल डिजिटल इनोभेसनको नेतृत्वमा ग्लोबल डिजिटल इनोभेसन एण्ड इम्प्याक्ट वर्कशपसँगै आयोजना भइरहेकोमा म विशेष रूपमा खुसी छु । यो सहकार्यले विज्ञान, प्रविधि, अनुसन्धान र डिजिटल नवप्रवर्तनमा नेपाल र कोरिया बीचको बलियो र बढ्दो साझेदारीलाई प्रतिबिम्बित गर्दछ ।’

साथै, उनले आजको द्रुत गतिमा परिवर्तन भइरहेको संसारमा, आइसिटि, फोटोनिक्स, कृत्रिम बुद्धिमत्ता र डिजिटल शासन जस्ता प्रविधिहरूले उद्योगहरूलाई मात्र होईन समाज र भविष्यलाई पनि आकार दिइरहेको बताए । दिगोपन, स्मार्ट शासन वा समावेशी डिजिटल वृद्धिमा विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बलियो अन्तर्राष्ट्रिय सहकार्य, साझा ज्ञान र पारस्परिक विश्वास आवश्यक पर्ने पनि उनको भनाई छ । आईसीटीपि २०२६ जस्ता प्लेटफर्महरूले अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू, नवप्रवर्तकहरू र युवा प्रतिभाहरूलाई विचार आदानप्रदान गर्न र अनुसन्धानलाई अर्थपूर्ण प्रभावमा रूपान्तरण गर्न एकसाथ ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने पनि विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्