परालको टौवा मुनि खाल्डोमा २ सय बढि केजि गाजा भेटियो सशस्त्र प्रहरीले गर्यो बरामद

<span class='c1'>परालको टौवा मुनि खाल्डोमा २ सय बढि</span> <span class='c2'>केजि गाजा भेटियो सशस्त्र प्रहरीले गर्यो बरामद</span>

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत सीमा सुरक्षा गुल्म रानीको नेतृत्वमा खटिएको संयुक्त टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

सीमा सुरक्षा गुल्म रानी, वि.ओ.पि. दरैया र वि.ओ.पि. मधुमल्लको संयुक्त टोलीले मोरङ जिल्लाको जहदा भुटाहा–१ नयाँ टोल क्षेत्रबाट २७५.८ केजी गाँजा फेला पारेको हो। परालको टौवा मुनी खाल्डो खनेर लुकाई राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको हो। सीमा सुरक्षा गुल्म रानीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक खड्काको कमाण्डमा खटिएको टोलीले उक्त परिमाणको गाँजा फेला पारेको जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका वर्ष २८ का चन्दन कुमार शाहलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका शाहमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार रोक्न सुरक्षा निकायले निगरानी र गस्तीलाई थप कडाइ गर्दै आएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्