मतदान स्थलको सुरक्षा अभ्यास तथा डेमो प्रदर्शन कार्यक्रम सम्पन्न

<span class='c1'>मतदान स्थलको सुरक्षा अभ्यास तथा</span> <span class='c2'>डेमो प्रदर्शन कार्यक्रम सम्पन्न</span>

विराटनगर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले मतदान स्थलको सुरक्षा व्यवस्थापन सम्बन्धी अभ्यास तथा डेमो प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश निमित्त निर्वाचन प्रमुखको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयका प्रहरी कर्मचारीहरू र निर्वाचन सुरक्षार्थ नियुक्ति भएका निर्वाचन प्रहरीहरूको सक्रिय सहभागिता रहेको थियो।

अभ्यासका क्रममा मतदान स्थलमा रहने सुरक्षा घेराको व्यवस्थापन, मतदानको समयमा उत्पन्न हुन सक्ने जटिल तथा संवेदनशील परिस्थितिहरूको सामना गर्ने तरिका, भीड नियन्त्रण, आकस्मिक घटनाको प्रतिकार्य योजना लगायत विषयमा ‘सिमुलेसन’ मार्फत व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमका अवसरमा प्रमुख जिल्ला अधिकारी युवराज कटेलले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उच्च सतर्कता, समन्वय र अनुशासनका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।

त्यसैगरी, प्रहरी उपरीक्षक कबित कटवालले निर्वाचन सुरक्षामा खटिने सम्पूर्ण प्रहरी कर्मचारी तथा निर्वाचन प्रहरीहरूलाई विशेष सुरक्षा निर्देशन दिँदै कुनै पनि प्रकारको अवाञ्छित गतिविधि नियन्त्रण गर्न तयारी अवस्थामा रहन आग्रह गरे। उनले कानुनको पूर्ण पालना गर्दै मतदातालाई सुरक्षित वातावरण उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।

जिल्ला प्रहरी कार्यालय मोरङले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढाइएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्