जसपा केन्द्रीय सदस्यसहित समानुपातिक उम्मेदवार कांग्रेसमा प्रवेश

<span class='c1'>जसपा केन्द्रीय सदस्यसहित समानुपातिक</span> <span class='c2'>उम्मेदवार कांग्रेसमा प्रवेश</span>

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का समानुपातिक उम्मेदवारसमेत रहेका केन्द्रीय सदस्यसहित नेताहरू नेपाली कांग्रेमा प्रवेश गरेका छन् ।

जसपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार नानु थामी, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेद्वार सुस्मिता थापामगरसहित नेताहरू आइतबार कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस पार्टी कार्यालय बीपीनगर सानेपामा आइतबार उपसभापति विश्वप्रकाश शर्माले नवप्रवेशी नेताहरूलाई स्वागत गरे । थामी र थापा मगरसहित कांग्रेसमा प्रवेश गर्नेहरुमा जसपा बागमती प्रदेश सदस्य सुवास तामाङ, गण्डकी प्रदेश समिति सदस्य फुलमाया पुन, नवलपरासी जिल्ला सचिव कुलबहादुर थापा मगर, जिल्ला कोषाध्यक्ष नानीमाया महतो, जिल्ला सदस्यहरू ज्ञानेन्द्र पुन, टिकाराम माझीसहित नवलपरासीका ४२ जना जिल्ला स्तरिय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका नव प्रवेशी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेद्वार सुस्मिता थापामगरले बताइन् ।

दोलखा–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष गणेश थामी, तामसालिङ राष्ट्रिय समितिका केन्द्रीय सदस्य उपेन्द्र कार्की, दोलखा जिल्ला कार्यसमिति सदस्य केशव थामी, शम्भु थामी, संघीय समाजवादी महिला महासंघकी शुशीला थामीसहित दर्जनौँ नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएको छ ।
बदलिएको कांग्रेसबाट मात्रै मुलुकको समस्या समाधान हुने विश्वासका साथ नेताहरू कांग्रेसमा समाहित भएको नवप्रवेशी नानु थामीले बताइन् । जनताको मागअनुसार देशको अवस्था बदल्ने अभियानमा संगसँगै हिँड्नका लागि कांग्रेस पार्टीनै सबैभन्दा बलियो र विश्वासिलो भएकाले कांग्रेस रोजेको उनको भनाइ छ । नव प्रवेशी नेताहरूलाई कांग्रेसले उचित जिम्मेवारीसहित स्वागत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए । शनिबार मात्रै सर्लाहीमा जसपाका महासचिव र लोसपाका उपाध्यक्षसहित ठूलो टोली कांग्रेसमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्