नेमकिपाको निर्वाचन घोषणापत्र सार्वजनिक, देश र जनताको निःस्वार्थ सेवामा जोड

<span class='c1'>नेमकिपाको निर्वाचन घोषणापत्र सार्वजनिक, देश</span> <span class='c2'>र जनताको निःस्वार्थ सेवामा जोड</span>

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टीले आफ्नो स्थापनाकालदेखि देश र जनताको हितमा किसान आन्दोलन, सार्वभौमिकता संरक्षण र साम्राज्यवादविरोधी आन्दोलनको नेतृत्व गर्दै आएको बताएको छ । पार्टीले, पछिल्ला ३५ वर्षमा पालैपालो सरकार सञ्चालन गर्ने शासक दलहरूले जनताको समस्या समाधान गर्न नसकेको जनाएको छ । भदौ २३ र २४ को घटना र त्यसपछिका निर्वाचन घोषणा सन्दर्भमा नेमकिपाले जनतालाई राजनीतिक शिक्षा दिने र पुँजीवादी व्यवस्थाप्रति सचेत पार्ने उद्देश्यले निर्वाचनलाई समाजवादी प्रचार अभियानको अवसर बनाएको जनाएको छ । नेमकिपाले प्रत्यक्ष निर्वाचनमा १२० उम्मेदवार उठाएको छ, जसमा महिला उम्मेदवार ४५ प्रतिशत रहेका छन् । समानुपातिक सूचीमा १०९ उम्मेदवार छन्, जसमा महिला उम्मेदवार ५३ प्रतिशत छन् । पार्टीले पुँजीवादी पार्टीहरूले निर्वाचनमा पद, पैसा र सत्ताको दुरुपयोग गर्ने चेतावनी दिएको छ ।

घोषणापत्र अनुसार, नेमकिपाले संसद्को कामलाई केन्द्रित गर्ने लक्ष्य राखेको छ, जसमा नीति निर्माण, ऐन निर्माण, बजेट र द्विपक्षीय–बहुपक्षीय सम्झौता सम्बन्धी छलफल समावेश छन् ।जन्मको आधारमा विदेशीलाई दिइएको नेपाली नागरिकता खारेज गर्ने, दुर्गम क्षेत्रमा रेलमार्ग, सुरुङमार्ग निर्माण, सहकारी संस्थामार्फत मध्यम र गरिब किसानको आर्थिक सशक्तिकरण, जलविद्युत राष्ट्रियकरण, भ्रष्टाचारीको कानुनी कारबाही, स्वास्थ्य बीमा विस्तार जस्ता विषय घोषणापत्रमा प्राथमिकतामा रहेका छन् । पार्टीले समाजमा आमूल परिवर्तनका लागि जनता, मजदुर, किसान, युवा, महिला, शिक्षक, बुद्धिजीवी, उद्योगी, स्वास्थ्यकर्मी लगायत सबैलाई समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचनमा नेमकिपाका उम्मेदवारलाई समर्थन गर्न आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्