विराटनगर–१७ स्थित फ्रेसहाउसबाट ३०० कुखुरा बरामद, भारतबाट झोलामा–गाडीबाट पोल्ट्री फममा

<span class='c1'>विराटनगर–१७ स्थित फ्रेसहाउसबाट ३०० कुखुरा</span> <span class='c2'>बरामद, भारतबाट झोलामा–गाडीबाट पोल्ट्री फममा</span>

विराटनगर । सीमापारी भारतबाट झोलामा कुखुरा ओसारेर फ्रेस हाउसमा भेला गरी पोल्ट्री फममा पठाउन गाडीमा लोड भइरहेको बेला सशस्त्र प्रहरीले बरामद गरेर नष्ट गरेको छ । सीमा नजिकका फ्रेस हाउसमा ल्याएका कुखुरा पोल्ट्री फममा पठाएर त्यहाँबाट वितरण हुने नयाँ धन्दा खुलेको हो । यसका लागि फ्रेस हाउस र पोल्ट्री फमसँगै भारतबाट कुखुरा भित्र्याउनेहरुको जालोले काम गरेको खुलेको छ ।

कुखुरा पालन गरेर पोल्ट्रीले फ्रेस हाउससम्म वितरण गर्नुपर्नेमा उल्टै फ्रेस हाउसबाट पोल्ट्रीमा कुखुरा पु¥याउने गरेको पाइएको हो । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बल रानीले शनिबार विराटनगर–१७ स्थित अप्सरा फ्रेस हाउसबाट कुखुरा लोड गरिरहेको अवस्थामा सुन्दरहरैंचा–११ का संजीव श्रेष्ठलाई नियन्त्रणमा लिइएको थियो । फ्रेस हाउसबाट झोलामा राखिएको कुखुरा ल्याउँदै प्रदेश १–०२–००२ च ३६३७ नम्बरको बलेरो जीपमा लोड भइरहेको अवस्थामा सशस्त्रले नियन्त्रणमा लिइएको थियो ।

चालक र तीनसय थान कुखुरा लोड गरिएको सवारी नियन्त्रणमा लिएर अनुसन्धान गर्दा न्यू पाथीभरा पोल्ट्री सप्लायसै सुन्दरहरैंचा सलकपुरको रहेको खुलेको थियो । सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट रानीका प्रहरी नायव उपरीक्षक तिलक खड्काका अनुसार नियन्त्रणमा लिएको कुखुरा क्यारेन्टाइनमार्फत त्यसको कागजात र विवरण माग गरिएको थियो । तर, कागजात बिना पे्रmस हाउसबाट पोल्ट्रीमा पठाएको खुलेको थियो ।

तीन लाख मूल्य बराबरको कुखुरा पशु क्वारेन्टाइन, मासु व्यवसायी संघ, अण्डा व्यवसायी संघ र स्थानीय प्रतिनिधि समेतको रोहबरमा नष्ट गरि मुचुल्का उठाइएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिएका छन् । छ लाख मूल्यांकन गरेर कुखुरा लोड भएको बलेरो जीप विराटनगर भन्सारमा बुझाइएको छ ।
मासु व्यवसायी संघ मोरङका अध्यक्ष सुवास शिवाकोटीले भारतबाट अवैध रुपमा कुखुरा आयात गर्दा नेपालका किसानले उत्पादन गरेका कुखुराले मूल्य पाउँदैनन् । जसका कारण किसान हतोत्साहित भएर पाल्न छोड्छन् । पोल्ट्रीहरुले भारतबाट अवैध रुपमा कुखुरा भित्र्याउँदा त्यसको असर किसान, मासु व्यवसायी संघ र उपभोक्तासम्मलाइ पर्ने शिवाकोटीको भनाई छ ।

सशस्त्रले नियन्त्रणमा लिइएको कुखुराको लागि नक्कली भेटनरी बील समेत जारी गराइएको भेटिएको छ । सामान्य त एक जिल्लाबाट अर्को जिल्लामा कुखुरा पठाउँदा पोल्ट्री फामको निरीक्षण गरेर मान्यता प्राप्त भेटनरी चिकित्सकले स्वास्थ्यताको प्रमाणपत्र जारी गर्नुपर्ने हुन्छ । मासु व्यवसायी संघ शिवाकोटीका अनुसार मोरङको विराटनगर–१७ स्थित अप्सरा फ्रेस हाउसबाट पोल्ट्री फममा कुखुरा पठाउन पनि चिकित्सक प्रमाणपत्र जारी गरेको पाइएको छ । अध्यक्ष शिवाकोटीले भने–फ्रेस हाउसले जीउँदो कुखुरा बिक्री गर्नै पाउँदैन, त्यहि माथि नक्कली भेटनरी बील जारी गराएर पोल्ट्री फममा पठाएको देखिएपछि नष्ट गर्नुपर्ने निष्कर्षमा व्यवसायी नै पुगेका हौं ।

न्यू पाथीभरा पोल्ट्री सप्लायर्स पाथीभराका सञ्चालक सन्तोष न्यौपानेसँग यस विषयमा कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन । सशस्त्र प्रहरी बल सीमा सुरक्षा रानीका प्रहरी नायव उपरीक्षक खड्काले झोलामा कुखुरा ल्याउँदादेखि फ्रेस हाउसमा जम्मा गरेको सबै सूचना संकलन गरेर गाडीमा लोड गर्न थालेपछि मात्रै नियन्त्रणमा लिइएको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्