सर्लाहीमा अज्ञात समुहद्धारा गोली प्रहार गरी इन्जिनियरको हत्या

<span class='c1'>सर्लाहीमा अज्ञात समुहद्धारा गोली</span> <span class='c2'>प्रहार गरी इन्जिनियरको हत्या</span>

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार राति गोली प्रहार गरी एक जना इन्जिनियरको हत्या भएको छ ।
पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको हत्या भएको हो । सिरहाको सुखिपुर नगरपालिका ६ बैशाखा घर भएका यादवलाई आइतबार राति ८ बजेतिर मलङ्गवा नगरपालिका १० देबीटोलस्थित डेरामा गोली प्रहार भएको हो ।

छातीमा गोली लागेर अचेत भएका यादवलाई प्रादेशिक अस्पताल मलङ्गवा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले प्रारम्भिक सूचना अनुसार इन्जिनियर यादवलाई फोन गरी डेरा बाहिर बोलाएर गोली प्रहार गरेको भनि सूचना पाएको बताउनुभयो ।
घटना लगत्तै मलङ्गवाको चारै दिशामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरेर गोली प्रहार गर्ने मानिसको खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
गोली प्रहारपछि इन्जिनियर यादवको हत्या भएपछि नेपाल–भारत सीमा क्षेत्रमा समेत कडाइ गरी ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्