विराटनगर। कानुनका विद्यार्थी साजिद अंसारी २०८२ फागुन १ गते शुक्रबार बसेको भेलाबाट नेपाल प्रगतिशील कानुन व्यवसायी एशोसिएसन, कानुन विद्यार्थी विभागमा सुनसरीको हरिनगर गाउँपालिका निवासी कानुनका विद्यार्थी साजिद अंसारी सह–सचिव पदमा निर्वाचित भएका छन्।
उनको निर्वाचनसँगै संगठनभित्र कानुन विद्यार्थीहरूको नेतृत्व, सहभागिता तथा सक्रियतामा थप ऊर्जा र उत्साह थपिएको विश्वास व्यक्त गरिएको छ। संगठनका पदाधिकारीहरूले उनको कार्यकालले विद्यार्थीहरूबीच सहकार्य, एकता र व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेका छन्।
नवनिर्वाचित सह–सचिव साजिद अंसारीले कानुन अध्ययनसँगै विद्यार्थी हकहितको संरक्षण, व्यावसायिक क्षमता विकास तथा सामाजिक न्यायका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले संगठनलाई अझ सशक्त, क्रियाशील र प्रभावकारी बनाउँदै कानुन विद्यार्थीहरूको आवाज बुलन्द बनाउने बताएका छन्।