रानीमा दुई मोटरसाइकल दुर्घटना, घाईतेमध्ये एकजनाको मृत्यु, दुईजना उपचारतः

<span class='c1'>रानीमा दुई मोटरसाइकल दुर्घटना, घाईतेमध्ये</span> <span class='c2'>एकजनाको मृत्यु, दुईजना उपचारतः</span>

विराटनगर । दुईवटा मोटरसाइकल एक आपसमा ठोकिन पुग्दा घाईते भइ उपचारमा रहेका एकजनाको मृत्यु भएको छ । गए राती विराटनगर–१४ स्थित कोशी राजमार्ग अन्तर्गत रानी–रोडशेष सडक खण्डको सास्थम कलेज अगाडी भएको दुर्घटनामा परेर विराटनगर–१८ का ४५ वर्षीय मनिष यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको थियो । उनलाई मंगलबार बिहान ९ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । सोमबार बेलुका ९ बजेर २० मिनेटको समयमा रानीबाट विराटनगरतर्फ आउँदै गरेको प्र–१–०२–०५० प २३७१ नम्बरको मोटरसाइकललाई प्र.–१–०२–०५४ प ४३८९ नम्बरको पल्सर मोटरसाइकल पछाडि बाट ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कबिन राईसहितको टोलि तत्काल घटनास्थलमा पुग्दा विराटनगर १३ का ३५ वर्षीय नितेश राय र विराटनगर १८ का मनिस यादव तथा रुपेश यादवलाई घाईते अवस्थामा उद्धार गरेर उपचारमा पठाइएको थियो । जसमध्ये नितेशको हात, टाउको,अनुहारमा चोट लागेको थियो । मृतक मनिस यादबको हात, टाउको, अनुहारमा चोट लागेर गम्भीर स्थिति रहेको थियो । यसैगरी रुपेश यादवको टाउको, हात,अनुहारमा चोट अवस्था मध्यम थियो ।

प्रहरीले मोटरसाइकल चालक को को थिए भन्ने अहिलेसम्म खुल्न नसकेको जनाएको छ । दुवै मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्