रवि र बालेन पुगे धनगढी, रास्वपाको चुनावी सभालाई सम्बोधन गर्ने

<span class='c1'>रवि र बालेन पुगे धनगढी,</span> <span class='c2'>रास्वपाको चुनावी सभालाई सम्बोधन गर्ने</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह धनगढी पुगेका छन् ।

बुधबार धनगढी वडा नम्बर–१ स्थित खुला चौरमा भइरहेको रास्वपाको चुनावी सभालाई सम्बोधन गर्न सभापति रवि र वरिष्ठ नेता बालेन धनगढी पुगेका हुन् । जहाँ रास्वपाका हजारौं कार्यकर्ताको भीड लागेको छ । भेला अघि रास्वपाले धनगढीस्थित ट्राफिक चौराहादेखि आयोजना स्थलसम्म र्यालीको आयोजना गरेको थियो । रास्वपाको र्यालीका कारण धनगढी बजार क्षेत्रको सवारी आवागमन प्रभावित बनेको छ ।

कैलाली, कञ्चनपुर सहित सुदूरपश्चिमका ९ वटै जिल्लाबाट रास्वपा नेता, कार्यकर्ता धनगढी पुगेका छन् । चुनावी सभालाई रास्वपाका सभापति लामिछाने र नेता बालेनले सभालाई सम्बोधन गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्