गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

<span class='c1'>गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२</span> <span class='c2'>राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार</span>

रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर ६ सबगढामा विवाहको जन्ती र स्थानीय मुस्लिम समूदायबीच विवाद हुँदा झडप भएको छ । फागुन ७ गते राति ९ः५० बजे बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढास्थित सत्यनारायण साहको घरमा आउँदै गरेको जन्तीले मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो ।

राति नै ढुङ्गा हानाहान हुँदा ६ जना घाइते भएका थिए भने आज बिहान ९ः१५ बजे पुनः सोही विषयलाई लिएर दुवै पक्षका करीब ५०० को सङ्ख्यामा भेला भएका मानिसहरूबीच दोहोरो झडप भएको छ । स्थिति तनावग्रस्त बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली परिचालन गरिएको थियो । भीडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले १२ राउण्ड ब्ल्याङ्क फायर (हवाई फायर) र ४० सेल अश्रुग्यास प्रहार गरेका छन् । हाल स्थिति सुरक्षाकर्मीको नियन्त्रणमा रहेको छ ।

झडपमा परी थप ६ जना घाइते भएका छन् । घाइते हुनेहरूमा स्थानीय २७ वर्षीय रामप्रवेश साह, १४ वर्षीय महम्दिन मिया, २० वर्षीय शेख सही आलम मिया, १७ वर्षीय शेख सहिब र ४२ वर्षीय महम्मद खुर्सेद रहेका छन् । उनीहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै, डिउटीमा खटिएका प्रहरी जवान राजेश ठाकुरसहित २ जना सुरक्षाकर्मी समेत घाइते भएका थिए । सामान्य उपचारपछि उनीहरू डिस्चार्ज भइसकेका छन् । घटनालाई साम्य पार्न र विवाद सुल्झाउन आज दिउँसो ३ः०० बजेदेखि जिल्ला प्रशासन कार्यालय गौरमा दुवै पक्षका प्रतिनिधिहरूबीच वार्ता सुरु भएको छ । स्थानीय प्रशासनले संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्