भारत–पाकिस्तान युद्धविराममा ट्यारिफको धम्की प्रयोग गरेको ट्रम्पको दाबी

<span class='c1'>भारत–पाकिस्तान युद्धविराममा ट्यारिफको धम्की</span> <span class='c2'>प्रयोग गरेको ट्रम्पको दाबी</span>

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा भारत–पाकिस्तानबीच भएको ‘युद्धविराम’ आफ्नो पहलमा सम्भव भएको दाबी पुनः दोहो¥याएका छन् । उनले २०० प्रतिशतसम्मको आयात शुल्क (ट्यारिफ) लगाउने चेतावनी दिएर दुवै देशलाई वार्तामा ल्याएको बताएका हुन् ।

अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनले ‘रिसिप्रोकल ट्यारिफ’ लागू गर्दा कानुनी अधिकार नाघेको ठहर गरेको सन्दर्भमा उनले उक्त दाबी दोहो¥याएका हुन् । ट्रम्पले भने, “मैले ८ वटा युद्ध समाधान गरेको छु, जसमा भारत–पाकिस्तानजस्ता ठूला र सम्भावित आणविक द्वन्द्व पनि पर्छन् । यदि उनीहरू लड्न चाहन्थे भने अमेरिकासँग व्यापार गर्न नपाउने र २०० प्रतिशत ट्यारिफ तिर्नुपर्ने भनें । त्यसपछि उनीहरूले फोन गरेर शान्ति भएको बताए ।”

उता, पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले ‘पिस बोर्ड’ को उद्घाटन बैठकमा ट्रम्पको प्रशंसा गर्दै उनलाई “शान्तिका व्यक्ति” र “दक्षिण एसियाली जनताको उद्धारकर्ता” बताएका छन् । उनले ट्रम्पको समयोचित हस्तक्षेपले लाखौं मानिसको सम्भावित ज्यान जोगिएको दाबी गरेका छन् । यो घटनाक्रम अप्रिल २०२४ मा भएको पहलगाम आतंकवादी आक्रमणपछि उत्पन्न तनावसँग सम्बन्धित छ ।

उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । त्यसको जवाफमा भारतले ‘अपरेसन सिन्दुर’ अन्तर्गत पाकिस्तानस्थित आतङ्कवादी पूर्वाधारमाथि लक्षित आक्रमण गरेको थियो । तर भारतले ट्रम्पको मध्यस्थताको दाबी अस्वीकार गर्दै आएको छ । भारतले जम्मु–कश्मीरलगायतका सबै मुद्दा दुई देशबीचकै द्विपक्षीय वार्ताबाट समाधान हुनुपर्ने आफ्नो दीर्घकालीन अडान पनि पुनः स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्