सात महिनामा २ करोड ४५ लाख पिस कन्डम आयात, बजार माग बढ्दो संकेत

<span class='c1'>सात महिनामा २ करोड ४५ लाख पिस</span> <span class='c2'>कन्डम आयात, बजार माग बढ्दो संकेत</span>

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा नेपालमा कन्डमको आयात उल्लेखनीय देखिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तसम्ममा कुल १५ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरका २ करोड ४४ लाख ९३ हजार ११५ पिस कन्डम आयात भएको छ ।

विभागको तथ्याङ्कले नेपालमा परिवार नियोजनका साधन तथा यौन स्वास्थ्यसम्बन्धी सामग्रीको माग क्रमशः बढिरहेको संकेत गर्दछ । कन्डम मुख्यतः अस्ट्रेलिया, चीन, भारत, जापान, दक्षिण कोरिया, मलेसिया, थाइल्यान्ड र संयुक्त अरब इमिरेट्स लगायतका देशबाट आयात हुँदै आएको छ ।
परिवार नियोजनको अस्थायी साधनका रूपमा प्रयोग हुने कन्डम सुरक्षित यौन व्यवहार प्रवद्र्धन, यौनरोग नियन्त्रण तथा जनस्वास्थ्य सुधारसँग प्रत्यक्ष जोडिएको मानिन्छ ।

यद्यपि यति ठूलो परिमाणमा आयात हुँदा जम्मा करिब ६ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको विभागले जनाएको छ, जसले कन्डमलाई स्वास्थ्यसम्बन्धी संवेदनशील सामग्रीको रूपमा न्यून कर दरमा राखिएको संकेत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्