घोषणापत्र आमजनतासम्म पुग्नेमा शंका छ : खनाल

<span class='c1'>घोषणापत्र आमजनतासम्म पुग्नेमा शंका</span> <span class='c2'>छ : खनाल</span>

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सुरक्षा अवस्थाबीच प्रतिनिधिसभा निर्वाचन हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा वाम बुद्धिजिवी एवम् पेसाकर्मीहरुको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले वर्तमान सुरक्षा अवस्थाबीच निर्वाचन हुन लागेकामा चिन्ता व्यक्त गरे ।

उनले गत भदौ २४ गते ९० हजार सरकारी बुलेट, १० हजारभन्दा बढी राइफल र १४ हजारभन्दा बढी कैदीबन्दी भागेको घटनालाई उल्लेख गर्दै यस्तो परिस्थितिमा फागुन २१ गते निर्वाचन हुन लागेको बताए ।

उनले भने, ‘निर्वाचन कस्तो अवस्थामा भइरहेको छ त्यो सबैलाई थाहा नै छ । गत भदौ २४ गते ९० हजार सरकारका बुलेटहरु कब्जा भएका छन् । १० हजार भन्दा बढी राइफलहरु कब्जा भएका छन् । १४ हजार भन्दा बढी कैदीबन्दीहरु भागेका छन् यस्तो अवस्थामा फागुन २१ गते चुनाव हुँदैछ । भदौ २४ गते महाविध्वंस भयो । त्यही विध्वंसका अपराधिहरु आजसम्म एकजना पनि पक्राउ परेका छैनन् । ति अपराधीहरु खुलेआम हिँडिरहेका छन् । कोही नेता बनेका छन्, कोही उम्मेदवार बनेका छन् । यसरी हिँडिरहेका छन् ।’

उनले उक्त ‘महाविध्वंस’मा संलग्न अपराधीहरू हालसम्म पक्राउ नपरेको र उनीहरू खुलेआम हिँडिरहेको बताए । खनालले सबै दलका नेताहरू नीति तथा कार्यक्रम लिएर चुनावी अभियानमा लाग्न बाध्य भएको उल्लेख गरे । दलहरूले घोषणापत्र जारी गरेपनि ती आम जनतासम्म पुग्ने वा नपुग्नेमा शंका रहेको उनको भनाइ थियो ।

आफ्नो दलको घोषणापत्र हालै मात्र सार्वजनिक भएको उल्लेख गर्दै उनले श्रमिक, गरिब किसान तथा निम्नवर्गीय समुदायबीच त्यसलाई पुर्याउन कठिनाइ हुने बताए । देशमा विभिन्न खालका घटनाहरू घटिरहेकाले निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठिरहेको उनको धारणा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्