विराटनगर। विराटनगर–९ स्थित बिराट क्याम्पस (सोम्स)ले त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहको बीबीएस तथा यूके बोर्डको एसीसिएमा अध्ययनरत विद्यार्थीहरूका लागि ४ दिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न गरेको छ।
भ्रमणका क्रममा विद्यार्थीहरूले पोखरा र घान्द्रुक क्षेत्रमा स्थानीय उत्पादनको बजारीकरणमा आन्तरिक पर्यटनको योगदान र भूमिकाबारे प्रत्यक्ष अध्ययन गरेका थिए। प्रयोगात्मक शिक्षामार्फत सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त भ्रमणले विद्यार्थीहरूको व्यावहारिक ज्ञान र समझलाई अझ सुदृढ बनाएको क्याम्पसले जनाएको छ। क्याम्पस प्रमुख रोशन घिमिरेले आगामी दिनमा पनि यस्ता नविन र व्यवहारमुखी शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए। उनले विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित नराखी वास्तविक परिवेशसँग जोड्ने प्रयास निरन्तर रहने बताए।
एसीसिएका छात्र आर्यन झाले बिराट क्याम्पसको फरक शिक्षण पद्धति र उत्कृष्ट शैक्षिक वातावरणकै कारण आफूले यस कलेज रोजेको उल्लेख गरे।