धादिङमा भएको बस दुर्घटनाप्रति एमाले अध्यक्ष ओली द्वारा दु:ख व्यक्त

<span class='c1'>धादिङमा भएको बस दुर्घटनाप्रति एमाले</span> <span class='c2'>अध्यक्ष ओली द्वारा दु:ख व्यक्त</span>

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङको भैंसीगौडास्थित पृथ्बी राजमार्गमा भएको बस दुर्घटना प्रति दुख व्यक्त गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूप्रति श्रद्धाञ्जली दिँदै शोकमा परेका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।

‘पोखराबाट काठमाडौंतर्फ गईरहेको यात्रुवाहक बस धादिङको भैंसीगौडास्थित पृथ्बी राजमार्गमा गएराति दुर्घटनामा परेर १७ जनाको ज्यान गएको खबरले मर्माहत बनाएको छ,’ उनले लेखेका छन् । ‘दुर्घटनामा जीवन गुमाउनु भएका यात्रुहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

उनले घाइते भएका सबै यात्रुहरुप्रति स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्