नेपाल छांयाकनका लागि उत्कृष्ट गनत्व्य ,कोरियन निर्देशकले गरे तारिफ

<span class='c1'>नेपाल छांयाकनका लागि उत्कृष्ट गनत्व्य</span> <span class='c2'>,कोरियन निर्देशकले गरे तारिफ</span>

काठमाडौं । सगरमाथा आधार शिविरमा कोरियन ‘ब्ल्याक याक अन्तर्राष्ट्रिय ब्राण्ड’ विज्ञापनको छायाँकन सकिएको छ । नेपाली टोलीको सहयोगमा हिउँद मौसममा पनि छांयाकन सफल भएकोमा कोरियन टोलीले खुशी व्यक्त समेत गरेको छ ।

छायांकन समापनपछि पाँचौं पटक नेपाल आएका विज्ञापनका छांयाकार लियो हर्नले फेब्रुअरी सुटिङको लागि उपयुक्त मौसम नभएपनि मौसमले साथ दिएको कारण अविश्वसनीय दृश्यहरू खिच्न पाएको बताए । त्यस्तै उनले नेपालमा सुटिङ गर्न आउनको लागि अरुलाई सुझाव पनि दिए । उनले भने, ‘यो मेरो नेपालमा पाँचौं पटक हो । फेब्रुअरी सुटिङका लागि उपयुक्त मौसम नभएपनि यहाँ हिउँ त्यति धेरै छैन तर सुटिङका लागि पर्याप्त थियो । चिसो अत्यधिक थिएन र मौसमले साथ दिएको कारण अविश्वसनीय दृश्यहरू खिच्न पाइयो । सुटिङ सजिलै सम्पन्न भयो । नेपालमा सुटिङ गर्न आउनको लागि म अरुलाई पनि सुझाव दिन चाहन्छु ।’ त्यस्तै निर्देशक योङजिन युनले नेपालमा सुटिङको आफ्नो पहिलो अनुभव रहेको बताउँदै हिमालय क्षेत्रको छ–सात दिनको सुटिङ एकदमै उत्साहपूर्वक सकिएको धारणा राखे । सुटिङका क्रममा देखिएका प्रत्येक प्राकृतिक सौन्दर्यले आफूलाई मोहित बनाएको बताउँदै उनले यस्तो दृश्य अरु देशमा कतै नदेखेको प्रतिक्रिया दिए । उनले नेपाल उत्कृष्ट छायांकन स्थल भएकोप्रति प्रशंसा व्यक्त गरे । उनले २०० भन्दा बढी फिल्म निर्देशन गरिसकेको अनुभव सुनाउँदै नेपालमा जस्तो सुटिङको लागि उपयुक्त दृश्यहरू अन्य स्थानमा नपाइने बताए। हिमालय क्षेत्रमा भएको उक्त सुटिङ आफूहरुको लागि विशेष बनेको उनले सुनाए।



‘मैले यसअघि २०० भन्दा बढी फिल्म निर्देशन गरिसकेको छु । तर यहाँको जस्तो प्राकृतिक सुन्दरता अन्य कहीं देखेको थिइन। त्यसैले पनि यहाँको सुटिङ मेरो लागि विशेष बनेको छ । अरु देशमा सुटिङको लागि यस्तो उपयुक्त दृश्य पाइँदैन, हिमालय क्षेत्रमा आएर सुटिङ गर्ने निर्णय उत्कृष्ट बन्यो । यो मौसममा यहाँ आएर सुटिङ गर्न सकिएला कि नसकिएला भन्ने आशंका थियो तर सम्पूर्ण टिमको मेहनत र साथले गर्दा हामी सफल भयौं,’उनले भने। त्यस्तै कलाकारहरुले पनि सगरमाथा आधार शिविरमा सुटिङ गर्न पाउँदा एकदमै रमाइलो अनुभव भएको सुनाए । त्यसैगरी सोरा एडभेन्चर ट्रक्स एन्ड एक्सपिडिसनका सञ्चालक तथा पर्यटन व्यवसायी निमा निरु शेर्पाले नेपालमा सुटिङको प्रक्रिया धेरै झन्झटिलो रहेको गुनासो गरे । उनले भने, ‘सुटिङको प्रक्रिया झन्झटिलो छ । सरकारी प्रक्रियाहरू एकदमै झन्झटिला छन्। सरकारले पर्यटन प्रवद्र्धन गर्ने भन्दापनि व्यवसायीलाई अप्ठ्यारो पर्ने कानुनी जटिलताहरू छन् । एउटा सुटिङका लागि पाँच सातवटा मन्त्रालयमा धाउनुपर्छ। लामो समय प्रक्रिया लागि नै वेथित हुनुपर्ने अवस्था छ ।’ उनले भने, ‘सरकारले सुटिङको विषयमा सहजिकरण गरिदिने हो भने धेरै भन्दा धेरै डकुमेन्ट्री र ठूला पर्दाको सुटिङ गर्न नेपाल आउने सम्भावना रहेको छ ।’ सुटिङ सम्पन्नपछि विदेशी टोलीहरु खुसीका साथ स्वदेश फर्किसकेका छन् ।

नेपालको हिमालय क्षेत्रले अन्तर्राष्ट्रिय फिल्म र विज्ञापन छायांकनमा विशेष पहिचान बनाउँदै गएको छ । प्राकृतिक सुन्दरतासँगै प्रशासनिक सहजिकरणको सुधारले देशलाई फिल्मिङ गन्तव्यको रूपमा अझ मजबुत बनाउन सक्छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाललाई ‘अन्तर्राष्ट्रिय फिल्म छायांकनको गन्तव्य’ को रुपमा विकास गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डले आपसी समझदारी भइसकेको जनाएका छन् ।
‘सम्झौताअनुसार सन् २०२६ मा हुने कान्स फिल्म फेस्टिभलमा सहभागिता, पोखरामा फिल्म फेस्टिभलको आयोजना, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन तथा चलचित्र पर्यटनसम्बन्धी प्रवर्धनात्मक सामग्री उत्पादन गर्ने योजना तय गरिएको छ,’ उनले सामाजिक संजालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्