गृहमन्त्री अर्याल र नेपालको लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजकबीच भेटवार्ता

<span class='c1'>गृहमन्त्री अर्याल र नेपालको लागि संयुक्त</span> <span class='c2'>राष्ट्र संघका आवासीय संयोजकबीच भेटवार्ता</span>

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राष्ट्र संघका नवनियुक्त आवासीय संयोजक लिला पिटर्स याहियाबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट् संघले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरुको क्षमता वृद्धि लगायतका क्षेत्रमा नेपाललाई पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । साथै संयुक्त राष्ट्र संघसँगको सहकार्यमा अगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे । संयुक्त राष्ट्र संघका आवासीय संयोजक पिटर्स याहियाले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै नेपालमा लागु औषध नियन्त्रण, सीमा सुरक्षा मानव बेचविखन लगायतका क्षेत्रमा थप सहयोग र सहकार्य विस्तार गर्ने विषयमा चासो व्यक्त गरे ।

शिष्टाचार भेटमा गृहमन्त्री अर्यालले फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा शान्ती सुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई संस्थागत गर्ने कार्य सरकारले तीव्र रुपमा काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्