संसद् भित्रबाट निकाले पनि जनताको मनबाट निकाल्न नसक्ने रविको दाबी

<span class='c1'>संसद् भित्रबाट निकाले पनि जनताको</span> <span class='c2'>मनबाट निकाल्न नसक्ने रविको दाबी</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सङ्घीय संसद् भित्रबाट निकालेपनि जनताको मनबाट निकाल्न नसकेको दाबी गरेका छन् । झापा २ मा पुगेका सभापति लामिछानेले जनताको आदेश भन्दा पनि ‘बा’को आदेश ठूलो भएको उल्लेख गर्दै संघीय संसद् भित्रबाट निकालेपनि जनताको मनबाट निकाल्न नसकेको बताए ।

‘जनताको आदेश भन्दा र संसद्मा ‘बा’को आदेश ठुलो भयो,’ उनले भने, ‘दुई घण्टामा सूचना टाँसेर मलाई गलहत्त्याएर उहाँले सङ्घीय संसद् भित्रबाट निकाल्नु भयो । तर जनताको मनबाट निकाल्न सक्नु भएन् ।’ उनले दलको आदेश सर्वपरी मानेर जनाताको आवाजलाई सदनबाट बन्द गर्ने मानिस आज कुन अनुहार लिएर भोट मागिरहनु भएको छ भन्दै प्रश्न गरेका छन् । ‘दलको आदेश सर्वपरी मानेर नेपाली जनताको आवाजलाई सदनबाट बन्द गर्ने र मानिस आज कुन अनुहार लिएर भोट मागिरहेको छन् मलाई थाहा छैन,’ उनले भने । उनले भिजिट भिसाको छानबिन गर्न माग गर्दै रास्वपाका २१ जना सांसदलाई घाँटी न्याँकेर निकालेको बताए । ‘संसद् नियमावलीले स्पष्ट भन्छ, थुनामा नरहेको मान्छे मुद्दाको किनारा लागेको छैन । तर थुनामा छैन भने उसको सांसद पद निलम्बन हुँदैन भनेर । संसद् नियमावली १०० प्रतिशत संसद्ले सदर गरेको डकुमेन्ट हो । संसदका लागि बनाएको कानुन हो । त्यो सदर गरिएको डकुमेन्ट त्यही थियो’, उनले भने ।

सभापति लामिछानेले आफु इन्दिरा राना मगर पक्षमा खडा भएको दाबी गरे । उनले भने, ‘म इन्दिरा राना मगरको पक्षमा खडा भएको छु । गर्वका साथ खडा भएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्