पशुपन्छी क्षेत्रको निर्यातमा उछाल : ७ महिनामै १५ अर्ब नाघ्यो

<span class='c1'>पशुपन्छी क्षेत्रको निर्यातमा उछाल :</span> <span class='c2'>७ महिनामै १५ अर्ब नाघ्यो</span>

काठमाडौं । नेपालबाट पशुपन्छी क्षेत्रका उत्पादनहरूको निर्यातमा उल्लेख्य सुधार देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तसम्ममा यस क्षेत्रको कुल निर्यात १५ अर्ब रुपैयाँ नाघेको छ ।

विभागको तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा बढी ऊनको गलैँचा (कार्पेट) निर्यात भएको छ, जसको कुल मूल्य ६.४ अर्ब रुपैयाँ रहेको छ । यस्तै अन्य प्रमुख निर्यातित वस्तुहरूमा ऊन रहेको छ । यस अवधिमा ३.४ अर्ब रुपैयाँको ऊन निर्यात भएको छ ।

उपलब्ध तथ्यांक अनुसार दाना पदार्थको निर्यात २ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । त्यसैगरी छुर्पीको निर्यात २ अर्ब ३० करोड रुपैयाँ रहेको छ, जसले अन्तर्राष्ट्रिय बजारमा नेपाली दुग्धजन्य परिकारको माग बढ्दो रहेको संकेत गर्दछ ।

छालाको निर्यात २५ करोड रुपैयाँ बराबर भएको छ भने अन्य दुग्ध उत्पादनहरूको निर्यात ६ करोड ४० लाख रुपैयाँ पुगेको छ । यो तथ्यांकले कृषि तथा पशुपालनमा आधारित वस्तुहरूले नेपालको निर्यात व्यापारमा महत्वपूर्ण योगदान पु¥याइरहेको देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्