मोरंग ३ मा गतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय उर्जाशील पार्टी बीच चूनावी तालमेल

<span class='c1'>मोरंग ३ मा गतिशील लोकतान्त्रिक पार्टी र</span> <span class='c2'>राष्ट्रिय उर्जाशील पार्टी बीच चूनावी तालमेल</span>

विराटनगर। मोरंग ३ मा गतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय उर्जाशील पार्टी बीच चूनावी तालमेल हुने भएको छ ।

राष्ट्रिय उर्जाशील पार्टीका मोरंग ३ का प्रत्यक्ष उम्मेदवार भुवनकूमार वाग्ले र गतिशील लोकतान्त्रिक पार्टीकि समानूपातिक उम्मेद्वार निशा राजवंशी तथा दुबै पार्टीका नेतृत्वको सहमतिमा यो निर्णय गरिएको र फागुन १२ गतेदेखि संयूक्त घरदैलो अभियान शूरू गरेको गलोपा प्रबक्ता पियूष कायस्थले जनाएका छन ।
राउपा नेपालका प्रत्यक्ष उम्मेदवार भुवनकूमार वाग्लेको चूनाव चिन्ह चापाकल र गलोपा समानूपातिक उम्मेदवार निशा राजबंशीको चूनावचिन्ह व्याट्री रहेको छ ।

यस बैकल्पिक शक्तिहरूको तालमेललाई जनताले उत्साहका साथ हेरेका छन । ब्यवसायिक दिगो कृषि, किसान आदिवासी, सूकूम्बासी र श्रमिकहरूको हितलाई प्राथमिकतामा राखेका राष्ट्रिय उर्जाशील पार्टी र गतिशील लोकतान्त्रिक पार्टीका धेरै एजेन्डा समान रहेकोले दुबै पार्टीबीच भविष्यमा सहकार्य तथा एकताको लागि वार्ताको ढोका खूला रहेको पनि जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्