चुनावी एकता वा तालमेल भइसकेको भन्ने हल्ला गलत : उज्यालो नेपाल पार्टी

<span class='c1'>चुनावी एकता वा तालमेल भइसकेको भन्ने</span> <span class='c2'>हल्ला गलत : उज्यालो नेपाल पार्टी</span>

काठमाडौं । उज्यालो नेपाल पार्टीले आफ्नो कुनैपनि पार्टीसँग चुनावी तालमेल र एकता नभएको स्पष्ट पारेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा सार्वजनिक चर्चामार्फत ‘फलानो दल वा उम्मेदवारसँग गठबन्धन, चुनावी एकता वा तालमेल भइसकेको’भन्ने किसिमका समाचार तथा हल्ला फैलिएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवक्ता डा.राजु थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पार्टीले आजसम्म कुनै पनि राजनीतिक दल, उम्मेदवार वा समूहसँग औपचारिक वा अनौपचारिक रूपमा गठबन्धन, चुनावी एकता, तालमेल, सहकार्य, वा समर्थन सम्बन्धी कुनै निर्णय वा सम्झौता गरेको छैन, र कुनै प्रतिबद्धता पनि व्यक्त गरेको छैन । तसर्थ पार्टीका नाममा आउने अपुष्ट समाचार, अनुमान, तथा अफवाहलाई सत्य मानेर प्रचार नगर्न तथा प्रमाणित जानकारीका लागि पार्टीका आधिकारिक विज्ञप्ति र आधिकारिक माध्यमलाई मात्र आधार बनाउन सबैमा अनुरोध गर्दछौँ ।’ कसैले पार्टीको नाम दुरुपयोग गरी झुट्टा सूचना, गलत प्रचार वा भ्रामक सामग्री फैलाएको पाइएमा आवश्यक कानुनी प्रक्रिया अपनाइने विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्