सेन्ट जोसेफको ४९औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

<span class='c1'>सेन्ट जोसेफको ४९औँ स्थापना</span> <span class='c2'>दिवस भव्य रूपमा सम्पन्न</span>

विराटनगर। विराटनगरस्थित सेन्ट जोसेफ स्कूलले आफ्नो ४९औँ स्थापना दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। कार्यक्रमको प्रारम्भ विद्यालयका संस्थापक स्व. पुन्य प्रसाद सिटौला सरप्रति श्रद्धाञ्जली अर्पण गर्दै गरिएको थियो। उहाँको दूरदृष्टि, समर्पण र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताले विद्यालयलाई आजको उचाइमा पुर्‍याउन महत्वपूर्ण योगदान दिएको विद्यालय प्रशासनले जनाएको छ।

स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप, अनुशासन लगायतका क्षेत्रमा उत्कृष्ट विद्यार्थीहरूलाई ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति, नृत्य, गीत तथा क्लब गतिविधिहरूले विशेष आकर्षण थपेका थिए। शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यालय परिवारका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विद्यालय परिवारले ४९ वर्षको गौरवपूर्ण यात्रालाई स्मरण गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। विद्यालय प्रशासनले सम्पूर्ण विद्यालय समुदायप्रति आभार प्रकट गर्दै भविष्यमा पनि गुणस्तरीय शिक्षा र उत्कृष्टताको परम्परालाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्