कोरला नाका तीन दिन सम्मका लागि बन्द

<span class='c1'>कोरला नाका तीन दिन</span> <span class='c2'>सम्मका लागि बन्द</span>

काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नेपाल–चीन २४ नम्बरको कोरला नाका तीन दिन सम्मकालागि बन्द हुने भएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति चीनसँग सिमाना जोडिएको कोरला नाका फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म बन्द गरिने भएको हो । उक्त अवधिभर अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमनलाई निषेध गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरोला नाका क्षेत्रका स्थानीयलाई समेत उक्त अवधिमा बस्तीमा जान अनुरोध गरिएको छ ।

जोमसोम–कोरला ११० किमि सडकखण्ड पनि फागुन २० राति १२ देखि २१ गते मतदान सम्पन्न नहुदाँसम्मका निम्ति बन्द गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्