पहाडी जिल्लामा आज होली मनाइँदै

<span class='c1'>पहाडी जिल्लामा आज</span> <span class='c2'>होली मनाइँदै</span>

काठमाडौं । आज देशका पहाडी जिल्लामा फागु पूर्णिमाका अवसरमा होली पर्व हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै मनाइने रङ्गहरूको यो पर्व धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।

परम्पराअनुसार काठमाडौंस्थित वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएसँगै केही दिनअघि नै होली पर्वको औपचारिक सुरुवात भएको मानिन्छ ।

आज पूर्णिमाका दिन उपत्यकासहित देशका पहाडी जिल्लामा सार्वजनिक बिदा दिइएको छ र मानिसहरू आपसी सद्भावका साथ रङ्ग र अबिर खेल्दै पर्व मनाइरहेका छन् ।

होलीलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा लिइन्छ । पौराणिक मान्यताअनुसार भक्त प्रह्लाद र होलिकाको प्रसंगसँग जोडिएको यो पर्वले दुष्टतामाथि सत्यको जीतको सन्देश दिने विश्वास गरिन्छ ।

पहाडी जिल्लामा बिहानैदेखि बालबालिकादेखि युवासम्म समूह–समूहमा निस्केर अबिर, पानी र रङ्ग खेल्ने क्रम चलेको छ । घरपरिवार र आफन्तसँग भेटघाट, शुभकामना आदानप्रदान र मिठा परिकार सेवन गर्दै पर्व मनाउने परम्परा पनि कायम छ ।

यसैबीच प्रशासनले मर्यादित र सुरक्षित रूपमा होली मनाउन आग्रह गरेको छ । सार्वजनिक स्थानमा अवाञ्छित गतिविधि नगर्न र वातावरणमैत्री रङ्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई सुझाव दिइएको छ ।

तराईका जिल्लामा भने परम्पराअनुसार भोलि होली मनाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्