सिरहामा मोटरसाइकल बसमा ठोक्किँदा २ जनाको मृत्यु, एक घाइते

<span class='c1'>सिरहामा मोटरसाइकल बसमा ठोक्किँदा २</span> <span class='c2'>जनाको मृत्यु, एक घाइते</span>

काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक बस र मोटरसाइकल आपसमा ठोकिंदा २ युवकको मृत्यु भएको छ । एक जना घइने भएका छन् ।

आइतबार राति गोलबजारबाट पूर्वतर्फ आउँदै गरेको स ५ प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख १०८५ नम्बरको बस ठोकिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा धनगढीमाई नगरपालिका–८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका १७ वर्षीय धिरज मण्डलको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक र घाइते तीनै जना एउटै मोटरसाइकलमा सवार थिए ।

घटना बारे थाप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्