रौतहटको राजपुरमा बमजस्तो शंकास्पद वस्तु फेला, सेनाको टोली घटनास्थलमा

<span class='c1'>रौतहटको राजपुरमा बमजस्तो शंकास्पद वस्तु</span> <span class='c2'>फेला, सेनाको टोली घटनास्थलमा</span>

रौतहट । रौतहटको राजपुर नगरपालिका–५ स्थित पानी ट्याङ्की नजिकैको भित्री सडकमा आज बिहान बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । सोमबार बिहान स्थानीय बासिन्दाले सडकको बीचमा कालो ड्रमले छोपिएको र त्यसमाथि ‘बम’ लेखिएको शंकास्पद वस्तु देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली घटनास्थल पुगेर क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रदीप बस्यालका अनुसार घटनास्थलमा शंकास्पद वस्तु भेटिएको पुष्टि भएको छ । उक्त वस्तुलाई सुरक्षित तवरले निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा खटिएको छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले आसपासको क्षेत्र खाली गराएको छ र सर्वसाधारणलाई उक्त स्थान नजिक नजान आग्रह गरेको छ । उक्त वस्तु वास्तवमै बम हो वा भ्रम फैलाउन राखिएको हो भन्नेबारे सेनाको टोलीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्