पेट्रोलियम पदार्थको अभाव हुनसक्ने आशंकमा पेट्रोल पम्पहरुमा उपभोक्ताहरुको भिड

<span class='c1'>पेट्रोलियम पदार्थको अभाव हुनसक्ने आशंकमा</span> <span class='c2'>पेट्रोल पम्पहरुमा उपभोक्ताहरुको भिड</span>

काठमाडौं । काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा आइतबार साँझदेखि नै सवारी साधनहरुको भिड लागेको छ । अधिकांस पम्पहरुमा लामो लाइन देख्न सकिन्छ ।

शनिबारदेखि मध्यपूर्वमा इरान र इजरायल बिचको बढ्दो तनाबले उग्र रुप लिएसँगै खाडीका अधिकांश मुलुकहरु समेत त्यसको चपेटमा परेपछि त्यसैको प्रभाव स्वरुप नेपालमा समेत इन्धन अभाव हुन सक्ने जोखिम बढेको छ । जसकका कारण सवारी धनीहरु इन्धन भर्न लामबद्ध हुने गरेका हुन् । विश्वको तेल भण्डारणको मुख्य हिस्सा ओगटेका मुलुकहरुमा बढ्दो तनाबका कारण विश्वव्यापी रुपमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि र उर्जा सकंट बढ्न सक्ने चेतावनी विज्ञहरुले दिएका छन् । त्यसैको प्रभाव स्वरुप आइतबार बेलुकादेखि नै काठमाडौंका अधिकांश पेट्रोल पम्पहरुमा पेट्रोल र डिजेल किन्ने गाडि तथा उपभोक्ताहरुको भिड बढेको हो । उपभोक्ताहरुले घन्टौँसम्म कुरेर भएपनि गाडीमा डिजेल वा पेट्रोल भर्ने गरेका छन् । यद्यपी, नेपाल आयाल निगमले भने फागुन २१ गतेको चुनाव र होलीका लागि हुने सावर्जनिक विदाका कारण पेट्रोल पम्पहरुमा भिड बढेको बताएको छ । होलीका कारण सोमबार ५३ जिल्लामा बिदा छ भने मंगलबार २४ जिल्लामा बिदा हुनेछ ।

निगमका अनुसार सामान्य अवस्थाको तुलनामा आइतबार पेट्रोलको बिक्री ८८ प्रतिशत र डिजलको बिक्री ५० प्रतिशतसम्म बढेको छ । निगमले पेट्रोल आइतबार ४ हजार ७०० किलोलिटर बिक्री भएको जनाएको छ । सामान्य अवस्थामा दिनमा २ हजार ५०० किलोलिटर पेट्रोल खपत हुने गरेको थियो। यस्तै डिजल आइतबार ६००० किलोलिटर बिक्री भएको छ । सामान्य अवस्थामा दैनिक ४ हजार देखि ४ हजार ५०० किलोलिटर डिजल खपत हुने गरेको थियो । थानकोट डिपोबाट मात्रै आइतबार १ हजार ६५० किलोलिटर पेट्रोल र १ हजार २५० किलोलिटर डिजेल बिक्री भएको छ । निगमसँग १ लाख २ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सक्ने क्षमता रहेको छ । जसले १३ दिनसम्मको नेपालको आन्तरिक माग धान्न सक्ने क्षमता राख्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्