मतपेटिका सेनाले लैजाने हल्ला गलत : गृहमन्त्री

<span class='c1'>मतपेटिका सेनाले लैजाने हल्ला</span> <span class='c2'>गलत : गृहमन्त्री</span>

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन् ।

अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षासम्बन्धी तयारी एकीकृत सुरक्षा योजना पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालित गरिएको जानकारी दिए । उनका अनुसार सबै सुरक्षा निकायहरू मतदान स्थलसम्म परिचालन भइसकेका छन् र आवश्यक परेका बेला सुरक्षाको अवस्थालाई नियन्त्रणमा राख्ने तथा सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ । देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति दिइएको उनको भनाइ छ । उनले भने, ‘प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सुरक्षा सम्बन्धी तयारी एकीकृत सुरक्षा योजना पारित गरेर त्यसैको आधारमा हाम्रा संयन्त्रहरु परिचालित छन् । सबै सुरक्षा संयन्त्रहरु मतदान स्थलसम्म पुगेका छन् । जतिखेर जे आवश्यक पर्छ परिआएको अवस्थामा सुरक्षाको अवस्थालाई काबुमा राख्ने, सहजीकरण गर्नेगरी देशभरी नै पूर्ण रुपमा नै अहिले सुरक्षाको प्रत्याभूति दिएको अवस्था छ ।’

उनले निर्वाचनका लागि आवश्यक सबै सामग्री सम्बन्धित स्थानमा पुगिसकेको पनि स्पष्ट पारे । मतदानपछिको मतपेटिका नेपाली सेनाले लैजाने भन्ने चर्चा सत्य नभएको उल्लेख गर्दै उनले एकीकृत सुरक्षा योजनाअनुसार मतदान सम्पन्न भएपछि मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा मतदान अधिकृतमार्फत नै ल्याइने बताए । यद्यपि मतपेटिका ढुवानीका क्रममा असुरक्षा महसुस भएमा नेपाली सेनाको सवारी साधनले सुरक्षा स्कर्टिङ गर्न सक्ने उनले जानकारी दिए ।
उनले भने, ‘निर्वाचनका लागि चाहिने सबै सामाग्री सबै ठाउँ पुगिसकेको छ । मतदानपछिको मतपेटिका नेपाली सेनाले लिने भन्ने जुन भाष्य सिर्जना भएको छ यस्तो होइन । एकीकृत सुरक्षा योजनामै स्पष्ट लेखिएको छ, मतदान भइसकेपछि मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने छ । त्यतिखेर पनि मतदान अधिकृतले ल्याउने हो, सेनाले होइन । तर मतपेटिका ल्याउँदा असुरक्षा भयो भने नेपाली सेनाको गाडीले पनि स्कर्टिङ गर्न सक्छ ।’

भोलि अर्थात् फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकारले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्