भ्रामक समाचार नपत्याउन मतदातासँग आसिका तामाङको अपिल

<span class='c1'>भ्रामक समाचार नपत्याउन मतदातासँग</span> <span class='c2'>आसिका तामाङको अपिल</span>

काठमाडौं । धादिङ क्षेत्र नं १ की उम्मेदवार आसिका तामाङले आफ्नो उम्मेदवारी खारेज भएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत उक्त समाचार पूर्ण रूपमा भ्रामक र असत्य भएको स्पष्ट पारेकी हुन् ।

निर्वाचनको अन्तिम चरणमा केही मिडिया हाउसहरूले ‘आसिका तामाङको उम्मेदवारी खारेज भयो’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तामाङले आफ्नो उम्मेदवारी कायमै रहेको स्पष्ट पारेकी हुन् । उनले आफूलाई बारम्बार ‘विदेशी’ भन्दै लगाइएका आरोपहरू पनि असत्य र आधारहीन भएको दाबी गरिन् । ‘म यही देशको नागरिक हुँ। नेपालको संविधानले मलाई मतदान गर्ने र उम्मेदवार बन्ने पूर्ण अधिकार दिएको छ,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । तामाङले अन्तिम समयमा आफूलाई कमजोर बनाउन नियोजित रूपमा भ्रम फैलाइएको आरोप लगाउँदै यस विषयमा कानुनी उपचार खोजिसकेको जानकारी दिइन् ।

मतदातालाई कुनै पनि भ्रामक समाचारमा नपर्न आग्रह गर्दै उनले ढुक्क भएर मतदान गर्न अपिल गरेकी छन् । ‘म तपाईँहरूकै छोरी–चेली र उम्मेदवार हुँ । तपाईँहरूको विवेकपूर्ण मतले नै परिवर्तन सम्भव छ,’ उनले भनिन् । धादिङ क्षेत्र नं. १ मा प्रतिस्पर्धा रोचक बन्दै गइरहेका बेला उम्मेदवार तामाङले सत्यको विजय हुने विश्वास व्यक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्