प्रतिनिधिसभा सदस्य निर्वाचन : आज मतदान

<span class='c1'>प्रतिनिधिसभा सदस्य निर्वाचन</span> <span class='c2'>: आज मतदान</span>

‘जेनजी’ आन्दोलनपछिको विशेष परिस्थितिमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज (फागुन २१) मतदान हुँदै छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि बेलुका ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि, ०७४ र ०७९ सालमा निर्वाचन भएको थियो ।

आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका निम्ति मतदान हुँदै छ ।

प्रत्यक्षतर्फ ६१ निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गर्दै छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्