निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमती बिना चलाइएका ९०० सवारी नियन्त्रणमा

<span class='c1'>निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमती</span> <span class='c2'>बिना चलाइएका ९०० सवारी नियन्त्रणमा</span>

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमति नलिई सञ्चालन गरिएका सवारीसाधन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

निर्वाचनको समयमा सुरक्षा व्यवस्था कडा पार्दै निर्वाचन आयोगको अनुमति (पास) बिना चलाइएका ९०० सवारीसाधनलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले नेपाल न्यूज बैंकसँग कुरा गर्दै अनुमति (पास) बिना चलाइएका सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार अधिकांश सवारी ‘कोर’ क्षेत्रमा सञ्चालन भइरहेका बेला नियन्त्रणमा लिइएका हुन् ।

प्रहरीका अनुसार निर्वाचनको दिन अत्यावश्यक सेवा बाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सो नियम उल्लङ्घन गर्दै सञ्चालन गरिएका मोटरसाइकल, स्कुटर तथा अन्य सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्