काठमाडौं–१ मा रञ्जु न्यौपाने विजयी, १५ हजार ४५५ मत प्राप्त

<span class='c1'>काठमाडौं–१ मा रञ्जु न्यौपाने विजयी,</span> <span class='c2'>१५ हजार ४५५ मत प्राप्त</span>

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने विजयी भएकी छन् ।

निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार उक्त निर्वाचनमा कुल २९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । मतगणनाको अन्तिम परिणाम अनुसार यस क्षेत्रमा कुल २९ हजार ७ सय ७४ मत खसेको थियो । निर्वाचन अधिकृत खड्काले जानकारी दिँदै भने, ‘हिजो भएको प्रतिनिधिसभाको निर्वाचनमा २९ जनाले उम्मेदवारी दिएका थिए । जसमा मतगणना अनुसार काठमाडौं क्षेत्र नं १ मा २९ हजार ७ सय ७४ मत खसेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्ह् लिएर मैदानमा होमीएकी रञ्जु न्यौपानेले १५ हजार ४५५ मत प्राप्त गरी उहाँ विजय हुनुभएको छ ।’

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत ल्याए । राप्रपाका रवीन्द्र मिश्र यो क्षेत्रबाट लगातार तेस्रोपटक पराजित भएका छन् । उनी ३ हजार ९७२ मतसहित तेस्रो स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्