चितवन ३ मा सोविता गौतमको अग्रता, रेनु दाहाल पछाडि

<span class='c1'>चितवन ३ मा सोविता गौतमको</span> <span class='c2'>अग्रता, रेनु दाहाल पछाडि</span>

चितवन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता कायम गरेकी छन् ।

हालसम्म १९ हजार ४५ मत गणना हुँदा घण्टी चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेकी गौतमले ९ हजार ८७९ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिस्पर्धी तारा चुनाव चिन्हकी उम्मेदवार रेनु दाहालले ५ हजार २५६ मत प्राप्त गरेकी छन् । त्यसैगरी सूर्य चुनाव चिन्हबाट नेकपा एमालेका शंकर थपलियाले १ हजार ४६५ मत प्राप्त गरेका छन् भने रुख चुनाव चिन्हबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङले १ हजार २२ मत ल्याएका छन् ।

यस्तै हलो चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका दिपक थापाले ३२३ मत प्राप्त गरेका छन्। मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्