रास्वपाले बनायो ७९ क्षेत्रमा अग्रता

<span class='c1'>रास्वपाले बनायो ७९</span> <span class='c2'>क्षेत्रमा अग्रता</span>

काठमाडौं । हालसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले ७९ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका छन् ।

काठमाडौं, भक्तपुर, कास्की, चितवन, झापा, रूपन्देही, मोरङ, बारा, बाँके, ललितपुर लगायतका प्रमुख जिल्लाका उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन् । सुलभ खरेल (रूपन्देही–२) १६,७८८ मत, विराज भक्त श्रेष्ठ (काठमाडौं–८) १६,५३० मत, मनिष झा (धनुषा–३) १५,५५८ मत, शिशिर खनाल (काठमाडौं–६) १४,५९० मत, सस्मित पोखरेल (काठमाडौं–५) १३,७०८ मत, अरबिन्द साह (बारा–३) १२,७४४ मत, सन्तोष राजवंशी (मोरङ–४) ११,५९७ मत सहित अग्रस्थानमा छन् ।

सूचीमा रवि लामिछाने (चितवन–२), राजीव खत्री (भक्तपुर–२), बिना गुरुङ्ग (कास्की–३) जस्ता चर्चित उम्मेदवारहरू पनि अग्रतामा छन् ।
साना र मध्यवर्ती जिल्लाहरूमा पनि रास्वपाका उम्मेदवारहरूले निरन्तर अग्रता बनाइरहेका छन् । हालसम्म ७९ क्षेत्रका उम्मेदवारहरूले अग्रता कायम गरे पनि मतगणना जारी छ र अन्तिम नतिजा आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्